बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

वीपी साहित्य सम्मान पुरस्कार वरिष्ठ कवि मदन रेग्मीलाई

शनिबार, १९ भदौ २०७८, १७ : ०९
शनिबार, १९ भदौ २०७८

वीपी कोइराला स्मृति ट्रष्टले प्रत्येक वर्ष प्रदान गर्दै आएको वीपी साहित्य सम्मान पुरस्कार यसपटक आधुनिक नेपाली साहित्यका एक वरिष्ठ कवि मदन रेग्मीलाई प्रदान गर्ने निर्णय गरेको छ । पाँच दशकभन्दा पहिलेदेखि साहित्य साधनामा रहेर, नेपाली काव्य साहित्यमा महत्त्वपूर्ण योगदान पुर्‍याउने कवि मदन रेग्मीका कविता सङ्ग्रहहरू र अरू धेरै साहित्यिक कृतिहरू प्रकाशित छन् । उनले नेपाली साहित्यको श्रीवृद्धिमा पुर्‍याएको योगदानको सम्मान गर्दै उहाँलाई यो पुरस्कार दिने निर्णय गरिएको हो ।

त्यसरी नै वीपी स्मृति ट्रष्टले प्रत्येक वर्ष प्रदान गर्ने वीपी सेनानी पुरस्कार यो पटक भक्तपुर जिल्लाका प्रजातन्त्र सेनानी तिलक प्रकाश कायस्थलाई दिने निर्णय गरेको छ । लामो समयसम्म जेलमा र निर्वासनमा रहेर प्रजातन्त्र स्थापना, पुनर्स्थापना तथा लोकतान्त्रिक गणतन्त्र स्थापनामा समेत उनले पुर्‍याएको योगदानको कदर गर्दै उनलाई यो पुरस्कार दिने निर्णय गरेको हो । यी दुवै पुरस्कार वीपी जयन्तीको दिन, यही भाद्र २४ गते प्रदान गरिने छ । यो नगद पुरस्कारको राशि एक लाख एक हजार र एकाउन्न हजार रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप