शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

वामदेवलाई ओलीको कटाक्ष : उता उपप्रधानमन्त्री हुन पाउँ भने भइहाल्छ नि, केपी शर्मा ओलीलाई नै किन गाली गर्ने ?

शनिबार, १९ भदौ २०७८, १० : ००
शनिबार, १९ भदौ २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी परित्याग गरेका उपाध्यक्ष वामदेव गौतमप्रति कटाक्ष गरेका छन् । शनिवार काठमाडौँमा पार्टीले गरेको एक कार्यक्रममा बोल्दै उनले उपप्रधानमन्त्री खानका लागि आफूलाई विरोध गर्दै हिँडेको उल्लेख गरे । 

उनले भने–‘अहिले कस्तो भएको छ भने कसैलाई उम्मेदवार हुन मन छ भने कस्तो ब्यहोराको निवेदन हाल्छ भने तपाई केपी शर्मा ओली एकदमै तानाशाही हुनुभयो, पार्टीले भन्या मान्नुभएन, तपाई केपी शर्मा ओलीले हामीलाई सम्मान गर्नुभएन, तपाई केपी शर्मा ओलीले विकास मात्रै गर्नुभयो ? तपाई केपी शर्मा ओलीले खाली के जाती गरेँ, त्यसकारण तपाईंको पार्टी छोडेँ । उता उपप्रधानमन्त्री हुन पाउँ भने हुन्छ नि केपी शर्मा ओलीलाई किन गाली गर्ने ?’

उनले निवेदनमा एउटा कुरा र निवेदनको ब्यहोरा भने अर्कै रहेको उल्लेख गरे । उनले एउटालाई रिझाउन अर्कोलाई गाली गरिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप