वामदेवलाई ओलीको कटाक्ष : उता उपप्रधानमन्त्री हुन पाउँ भने भइहाल्छ नि, केपी शर्मा ओलीलाई नै किन गाली गर्ने ?
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी परित्याग गरेका उपाध्यक्ष वामदेव गौतमप्रति कटाक्ष गरेका छन् । शनिवार काठमाडौँमा पार्टीले गरेको एक कार्यक्रममा बोल्दै उनले उपप्रधानमन्त्री खानका लागि आफूलाई विरोध गर्दै हिँडेको उल्लेख गरे ।
उनले भने–‘अहिले कस्तो भएको छ भने कसैलाई उम्मेदवार हुन मन छ भने कस्तो ब्यहोराको निवेदन हाल्छ भने तपाई केपी शर्मा ओली एकदमै तानाशाही हुनुभयो, पार्टीले भन्या मान्नुभएन, तपाई केपी शर्मा ओलीले हामीलाई सम्मान गर्नुभएन, तपाई केपी शर्मा ओलीले विकास मात्रै गर्नुभयो ? तपाई केपी शर्मा ओलीले खाली के जाती गरेँ, त्यसकारण तपाईंको पार्टी छोडेँ । उता उपप्रधानमन्त्री हुन पाउँ भने हुन्छ नि केपी शर्मा ओलीलाई किन गाली गर्ने ?’
उनले निवेदनमा एउटा कुरा र निवेदनको ब्यहोरा भने अर्कै रहेको उल्लेख गरे । उनले एउटालाई रिझाउन अर्कोलाई गाली गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
-
पानीको बोतलमा पिकफोर्डको चिट, पेनाल्टी नै नभएपछि काम लागेन
-
आईएसएफ फुटबल विश्वकपका लागि ४५ सदस्यीय टोलीको प्रारम्भिक छनोट
-
एनभीएलको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनबाट हुने
-
संविधान संशोधन बहस पत्र कार्यदलले बुझायो प्रतिवेदन
-
नेपाली बजारमा बजाज चेतकका दुई नयाँ विद्युतीय स्कुटर भित्रिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण