आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

लघु जलविद्युत आयोजनाको उपकरणमा चट्याङले क्षति

शनिबार, १९ भदौ २०७८, १६ : ३०
शनिबार, १९ भदौ २०७८

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका– १ मा रहेको एक जलविद्युत अवरुद्ध भएको छ । नवभिजन जलविद्युत सहकारी संस्थाद्वारा सञ्चालित लघु जलविद्युत आयोजनाको उपकरणमा चट्याङले क्षति पु¥याएको हो ।

९० किलोवाट क्षमताको विद्युत्को विद्युत् गृहको मदरवोर्डमा चट्याङ परेर समस्या आएकाले सेवा अवरुद्ध भएको हो । एक हप्तासम्म विद्युत् सेवा अवरुद्ध हुने नवभिजन जलविद्युत सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र मल्लले जानकारी दिए । काठामाडौँबाट सामान ल्याउनु पर्ने भएकाले विद्युत् आयोजना मर्मत गरी सुचारु गर्न एक हप्ता लाग्ने उनले बताए ।  

उक्त विद्युत् सेवा अवरुद्ध हुँदा रुकुम पूर्वको सिस्ने गाउँपालिका, ३, ४, ५ र ६ नम्बर वडा तथा बाँफिकोट गाउँपालिकाको १ नम्बर वडाका उपभोक्ताहरू अन्धकारमा बस्न बाध्य भएका छन् । विद्युत् सेवा अवरुद्ध हुँदा करिब १ हजार ६ सय सय उपभोक्ताहरू समस्यामा परेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप