सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

हाम्रा घरका बिरालाहरू देउवाको भान्सामा दूधभात खान पुगे : केपी ओली

शनिबार, १९ भदौ २०७८, १६ : २७
शनिबार, १९ भदौ २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाएर नयाँ पार्टी बनाएका माधव नेपाल पक्षप्रति कटाक्ष गरेका छन् । शनिवार काठमाडौँमा भएको पार्टीको एक कार्यक्रममा बोल्दै उनले माधव नेपालले नेकपा एस पार्टी बनाएको नभई काँग्रेस र देउवाका लागि ‘यस’ पार्टी बनाएको भन्दै व्यङ्ग्य गरे । उनले एमाले छोडेर अहिलेको सरकारमा जान तयार गरिरहेकाहरुलाई देउवाको भान्छामा दूध भात खान गएका बिरालाहरूको संज्ञा दिए । उनले भने–‘अहिले हाम्रो घरका बिरालाहरू शेरबहादुर देउवाको भान्सामा पुगेका छन् । दूध र भात खान पाइन्छ भन्दै म्याउ गर्दै ढुक्नलाई पुगेका छन् ।’ 

उनले आगामी निर्वाचनमा पार्टीले जनप्रतिनिधि हुन लायकलाई मात्रै उम्मेदवार तोक्ने उल्लेख गरे । उनले काठमाडौँ महागरपालिकामा एमालेबाहेक अरू मेयर भन्नै नसुहाउने उल्लेख गरे । सक्षम नेतृत्व एमालेबाहेक अरू कसैको हुन नसक्ने उनको दाबी थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप