ओलीको देउवा र प्रचण्डलाई प्रश्नै प्रश्न : हिजो आफैले सम्झौतामा सही गरेको एमसीसी के गर्ने, बोल्नुपर्दैन ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अमेरिकी सहयोग परियोजना एमसीसी के गर्ने भनेर जवाफ मागेका छन् । शनिवार काठमाडौँमा गरिएको पार्टीको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले हिजो आफैले हस्ताक्षर गरेको एमसीसी सम्झौता अब के गर्ने प्रस्ट पार्न सार्वजनिक मञ्चबाट दुवै नेतालाई प्रश्न गरेका हुन् ।
उनले हिजो काँग्रेस र माओवादी सरकारमा भएका बेला एमसीसी सम्झौता गरेको बताउँदै अहिले एमसीसी बारे मुख नखोलेको उल्लेख गरे । उनले भने–‘यिनै काँग्रेस र माओवादी हैनन् हिजो एमसीसी सम्झौता गर्ने ? अहिले किन बोल्दैनन् ? झुक्याएर पास गर्न खोजेको ? के गर्ने हो बोल्दैनन्, भन्दैनन् । यिनीहरूले सम्झौता गरेको एमसीसी के गर्ने यिनीहरूले जनताका अगाडि भन्नुपर्दैन ? शेरबहादुर देउवाजीले भन्नुपर्दैन एमसीसी के गर्ने ? अनि प्रचण्डजीले एमसीसी के गर्ने भन्नुपर्दैन हिजो हस्ताक्षर गर्नुभएको थियो त । उहाँहरू चुपचाप हुनुहुन्छ ।’
उनले यस्ता अनगिन्ती कुराहरू गोप्य राखेर नेपाली जनतालाई छक्याएर सरकारले विकासको गतिलाई रोकेर कर्मचारीतन्त्र भित्र आतंक फैलाएको दाबी समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
९ महिनामा १४ खर्बको व्यापार हुँदा व्यापार घाटा ११ खर्ब नाघ्यो
-
नयाँ गीत ‘यूके लान्छु’ मा सचिन र गरिमाको रोमान्स
-
परमाणु सम्झौतामा नयाँ मोड, आधारभूत मुद्दाहरूमा सहमति
-
राजावादीहरूको आन्दोलनका कारण शिक्षकहरूको आजको प्रदर्शन सकियो
-
हमासलाई ध्वस्त पारेर बन्धक रिहाइ नगरेसम्म युद्ध जारी रहन्छ : नेतन्याहू
-
अमेरिका चीनसँग कुराकानी गरिरहेकाे छ : ट्रम्प