ओलीको देउवा र प्रचण्डलाई प्रश्नै प्रश्न : हिजो आफैले सम्झौतामा सही गरेको एमसीसी के गर्ने, बोल्नुपर्दैन ?
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अमेरिकी सहयोग परियोजना एमसीसी के गर्ने भनेर जवाफ मागेका छन् । शनिवार काठमाडौँमा गरिएको पार्टीको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले हिजो आफैले हस्ताक्षर गरेको एमसीसी सम्झौता अब के गर्ने प्रस्ट पार्न सार्वजनिक मञ्चबाट दुवै नेतालाई प्रश्न गरेका हुन् ।
उनले हिजो काँग्रेस र माओवादी सरकारमा भएका बेला एमसीसी सम्झौता गरेको बताउँदै अहिले एमसीसी बारे मुख नखोलेको उल्लेख गरे । उनले भने–‘यिनै काँग्रेस र माओवादी हैनन् हिजो एमसीसी सम्झौता गर्ने ? अहिले किन बोल्दैनन् ? झुक्याएर पास गर्न खोजेको ? के गर्ने हो बोल्दैनन्, भन्दैनन् । यिनीहरूले सम्झौता गरेको एमसीसी के गर्ने यिनीहरूले जनताका अगाडि भन्नुपर्दैन ? शेरबहादुर देउवाजीले भन्नुपर्दैन एमसीसी के गर्ने ? अनि प्रचण्डजीले एमसीसी के गर्ने भन्नुपर्दैन हिजो हस्ताक्षर गर्नुभएको थियो त । उहाँहरू चुपचाप हुनुहुन्छ ।’
उनले यस्ता अनगिन्ती कुराहरू गोप्य राखेर नेपाली जनतालाई छक्याएर सरकारले विकासको गतिलाई रोकेर कर्मचारीतन्त्र भित्र आतंक फैलाएको दाबी समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफ सकिँदा बेल्जियम १–० ले पछाडि, सेनेगलको अग्रता कायमै
-
२४ औँ मिनेटमा हबिब डियाराको गोल, बेल्जियमविरुद्ध सेनेगल १–० ले अघि
-
एउटै खेलबाट पेलेका दुई ऐतिहासिक कीर्तिमान तोड्दै ह्यारी केनले रचे इतिहास
-
जुलियन अल्भारेज अनुबन्ध गर्न बार्सिलोनाको दाउ, रोक्नका लागि एथलेटिको म्याड्रिडको कडा अडान
-
अन्तिम १६ का लागि बेल्जियम र सेनेगल भिड्दै, यस्तो छ दुवै टोलीको समूह चरणको यात्रा
-
इतिहास रच्दै विश्वकपबाट बाहिरियो कंगो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण