कता हराए गायक निमा रुम्बा ?
एक समयका चर्चित गायक हुन् निमा रुम्बा । ‘मिस क्याटवाक’, ‘हुरी बतास’, ‘आऊ आऊ न’, ‘प्रीति बस्यो’ लगायत थुप्रै हिट गीत संगीतबाट दर्शक रिझाउन सफल उनी गायक, गीतकार तथा संगीतकार मात्र थिएनन् । उनी फिल्मका हिरो समेत बनेका थिए ।
‘कागबेनी’ र ‘छिरिङ’ उनले नायकको रुपमा समेत अभिनय गरेका फिल्म हुन् । थुप्रै विज्ञापन चलचित्रमा समेत अभिनय गरेका उनको नयाँ गीत संगीत नआएको धेरै भयो । सन् १९९१ बाट आफ्नो गायन करिअर सुरु गरेका रुम्बाले सन् १९९४ मा एकल एल्बम ‘सुन सुन’ ल्याएका थिए । उनलाई गायकमा स्थापित गर्ने काम गीत ‘मिस् क्याटवाक’ ले गरेको थियो । यो गीत उनको दोस्रो एल्बम ‘मेमोरिज’ मा समावेस थियो ।
नेपाली रक पप संगीतमा राम्रो पकड बनाएका उनी पछिल्लो समय गायनमा सक्रिय छैनन् । सायद त्यसैले पनि उनलाई गायन छाडेर पलायन भए भनेर भन्न थालिएको छ । विदेशका विभिन्न कार्यक्रममा भने उनी सहभागी हुने गरेको उनले सामाजिक सञ्जालबाट सार्वजनिक गरेको तस्बिरबाट अनुमान लगाउन सकिन्छ । अहिले भने उनी गायनमा पुनरागमन चर्चा चलेको छ । उनी छिट्टै नयाँ गीत संगीत मार्फत देखिन लागेको बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी पहिरोमा परेर देशभर ३० जनाको मृत्यु, ११ जना बेपत्ता
-
ग्यास बुलेट पुलमुनिबाट निस्केपछि राहत
-
सिन्धुलीको कुशेश्वर गुरुकुलका ३३ जना बाढीको भँगालो बिचमा, उद्धारमा कठिनाइ
-
पहिरोले माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा क्षति, उत्पादन बन्द
-
सिन्धुलीको बाढीमा फसेका ३३ जनाको हेलिकप्टरबाट उद्धार गर्न पत्राचार
-
ललितपुरबाट प्रहरीको गाडी र मोटरसाइकल बाढीले बगायो