तालिबानको दाबी : पञ्जशीर पनि कब्जा गर्यौँ

पञ्जशीर उपत्यकाको भविष्य अझै पनि अन्योलमा रहेको छ । पञ्जशीर र तालिबान लडाकुबीच लडाइँ जारी रहेको छ । तालिबानले न्युज एजेन्सी रोयटर्ससँग कुराकानी गर्दै उनीहरूले सो क्षेत्रमा पनि कब्जा जमाइसकेको दाबी गरेको छ । तर, उनीहरूको सामना गरिरहेका पञ्जशीरका मानिसहरूले भने सो कुरा अस्वीकार गरेका छन् ।
पञ्जशीरमा तालिबानको विरोध गरिरहेको एनआरएफमा हालै सामेल भएका देशका पूर्व उपराष्ट्रपति अमरुल्लाह सालेहले सो दाबीलाई अस्वीकार गरेका छ । तालिबानले उनी त्यहाँबाट भागिसकेको दाबीसमेत गरेका थिए । सालेहले स्थिति नाजुक रहेको भने स्वीकार गरेका छन् । पञ्जशीरमा भएको भिडन्तमा सयौँले ज्यान गुमाइसकेको बताइएको छ ।
राजधानी काबुलबाट उत्तरमा रहेको यो घाटी अफगानिस्तानको सबैभन्दा सानो प्रान्तहरू मध्ये एक हो । हाल तालिबानको कब्जामा नरहेको यो एक मात्र प्रान्त रहेको छ । सन् १९९६ देखि २००१ मा तालिबानको शासनको दौरान पनि यो क्षेत्र उनीहरूको नियन्त्रणमा कहिले पनि रहेन । पञ्जशीर घाटीमा नर्दन एलायन्सले तालिबानलाई कडा चुनौती दिएको थियो ।
पञ्जशीरको जनसङ्ख्या १.५ देखि २ लाख रहेको छ । यसको मध्य भागमा पञ्जशीर नदी बग्दछ । यो क्षेत्र चारैतिरबाट ९ हजार ८ सय फिट अग्ला पहाडहरूले घेरिएको छ ।
यो क्षेत्रका मानिसहरू बाहिरी शक्तिसँग बहादुरीले लड्नका लागि प्रतिष्ठा हासिल गरेका छन् । पछिल्लो दुई दशकमा यो क्षेत्रमा ठुलो लगानी भएको छ । तालिबानको विरोध गरिरहेको यो समूहमा अफगानिस्तानका पूर्व बलका सदस्य स्थानीय लडाकु सामेल छन् । यसको नेतृत्व स्थानीय आदिवासी नेता अहमद मसूदले गरिरहेका छन् । उनको पिताले सन् १९८० को दशकमा सोभियत सङ्घ र सन् १९९० को दशकमा तालिबानविरुद्ध सफलतापूर्वक लडाइँ लडेका थिए ।
बीबीसीलाई पठाएको भिडियो सन्देशमा अफगानिस्तानका पूर्व उपराष्ट्रपतिले पछिल्लो लडाइँमा दुवै पक्षमा हताहती भएको उल्लेख गरेका छन् । स्थिति कठिन भए पनि आफूहरूले आत्मसमर्पण नगर्ने उनको भनाइ छ ।
A video message sent to us @BBCWorld from one of the leaders of the anti-Taliban resistance, fmr VP @AmrullahSaleh2 who says they're under attack from terrorists and points the finger of blame at Pakistan. Pakistan of course deny they support Taliban forces #Panjshir #Afghanistan pic.twitter.com/w3e6GnrRXi
— Yalda Hakim (@BBCYaldaHakim) September 3, 2021
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगमा वेष्ट ह्याम युनाइटेडको सहज जित
-
बेलायती प्रधानमन्त्रीसँगको भेटपछि ह्वाइटहाउसमा ट्रम्पले जेलेन्स्की र युक्रेनी सेनाको गरे प्रशंसा
-
भूकम्पपछि आत्तिएर भाग्दा सिन्धुपाल्चोकमा एक कैदी घाइते, जिल्ला अस्पतालमा उपचार हुँदै
-
भूकम्पपछि सिन्धुपाल्चोकका सिडिओ भन्छन्-हामी तयारी अवस्थामा छौँ
-
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प
-
भूकम्पको धक्का महसुस