शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

ब्राड पिटसँग परिवारलाई असुरक्षित महसुस गर्थेँ : एन्जेलिना

शनिबार, १९ भदौ २०७८, १३ : १९
शनिबार, १९ भदौ २०७८

हलिउड फिल्म निर्माता तथा अभिनेत्री एन्जेलिना जोलीले अभिनेता ब्राड पिटसँग विवाह गर्दा परिवारको असुरक्षा हुन सक्ने भन्दै चिन्तित भएको बताएकी छन् ।

उनले पिटसँग वैवाहिक सम्बन्धमा रहँदा आफ्नो पूरा परिवारको सुरक्षाको चिन्ता भएको बताएकी हुन् । 

जोलीले पिटसँग सम्बन्ध बिग्रिएको लामो समयपछि सन्तान  आफूमाथि पिटले हिंसा गरेको आरोप लगाएकी थिइन् । उनले पिटले छोराछोरी र आफूमाथि शारीरिक र मानसिक रुपमा दुर्व्यवहार गरेको खुलाएकी थिइन् । 

द गार्जियन अखबारलाई दिएको अन्तरवार्तामा एन्जेलिनाले आफ्ना बच्चाहरुको पालन पोषणको क्रममा पिटसँग सुरक्षाको डर भएको समेत खुलाइन् । 

उनले भविष्यमा विस्तारै पिटको व्यवहारमा परिवर्तन आउने विश्वासका साथ उनीसँग विवाह गरेको तर उनको व्यवहारमा परिवर्तन नआएको बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप