लाइसेन्सको ट्रायल भदौ २० देखि सुरु गर्न देशभरका कार्यालयलाई विभागको पत्र
शनिबार, १९ भदौ २०७८, १३ : ०७
१
सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल यही भदौ २० गतेबाट सुरु हुने भएको छ । विश्व व्यापीरुपमा फैलिएको कोभिड–१९ महामारीका कारण रोकिएको लाइसेन्सको ट्रायल यही महिनाबाट सुरु हुने यातायात व्यवस्था विभागले जानकारी दिएको छ ।
विभागले भदौ २० गतेदेखि लाइसेन्सको ट्रायल सुरु गर्न देशैभरीको यातायात कार्यालयमा पत्राचार गरिसकेको छ । विभागले लाइसेन्सको आवेदन दिएका आवेदकको ट्रायल लिखित र ट्रायल परीक्षा सकेपछि मात्रै नयाँ आवेदन खुलाउने बताएको छ ।
लाइसेन्सको लागि आवेदन दिनेहरूको सङ्ख्या देशभरबाट ६ लाख पुगेको छ । यी आवेदकको परीक्षा नसकी नयाँ आवेदन नखुलाउने विभागको तयारी छ । लिखित र ट्रायल परीक्षाका लागि आवेदकले अनलाइनमार्फत आवेदन दिन सक्ने व्यवस्था गर्ने विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
‘हिरो हुने मेरो क्षमता छैन’
-
आफूमाथि घातक हमला भएकै ठाउँमा ट्रम्पले निकाले र्याली
-
३२ औँ प्रधानन्यायाधीशको रूपमा राउतले न्यायालय सम्हाल्दै, दिउँसो शपथ र पदबहाली
-
नवरात्रको चौथो दिन मैतीदेवी मन्दिरमा पूजा आराधना गर्नेको घुइँचो (तस्बिरहरू)
-
लियोनार्दोको गोलमा इन्टर मियामीको रोमाञ्चक जित
-
आज कुन सडकको अवस्था कस्तो छ ?