सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

सरकारले सहयोग गरे नेपाल औषधिमा आत्मनिर्भर बन्छ : उद्योगी

शनिबार, १९ भदौ २०७८, १२ : २८
शनिबार, १९ भदौ २०७८

औषधी उद्योगीहरुले सरकारको सहयोग पाए नेपाल औषधीमा आत्मनिर्भर बन्न सक्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघसँगको भेटघाटका क्रममा औषधि उत्पादक संघका उद्योगीहरुले यस्तो बताएका हुन् । संघको नवनिर्वाचित कार्यसमितिलाई स्वागत गर्नेक्रममा महासंघ र उत्पादक संघबीच छलफल भएको हो । सो क्रममा सरकारको सहयोग पाएमा नेपाललाई औषधिमा आत्मनिर्भर बनाउन सकिने उद्योगीहरुले बताएका छन् । 

केही वर्ष अघिसम्म करिव १० प्रतिशत मात्र स्वदेशी उत्पादन रहेकोमा अहिले त्यो बढेर करिव ५० प्रतिशत पुुगेको छ । स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने सरकारी नीति र उपयुक्त वातावरण बन्न सकेमा छिट्टै नेपाललाई औषधिमा ८० देखि ९० प्रतिशत आत्मनिर्भर बनाउन सकिने दावी उद्योगीहरुको छ । यसका लागि हाल औषधि ऐन २०३५ सहितलाई संशोधन गर्नुपर्छ ।

एक तथ्याँकअनुसार नेपालको औषधि बजार करिब ४५ देखि ५० अर्बको छ । त्यसमा हाल ५० प्रतिशत हिस्सा स्वदेशी उद्योगका उत्पादनले ओगटेको छ । बाँकी औषधि भारत लगायतका मुलुकहरूबाट आयात हुने गरेको छ । केही स्वदेशी उद्योगहरूले थोरै मात्रामा निर्यात समेत गर्दै आएका छन् ।

औषधिको बजार प्रत्येक वर्ष १८ देखि २० प्रतिशतले बढ्दै गएको संघको आँकलन छ । औषधिमा आत्मनिर्भर बन्नका लागि अनुकूल नीति र त्यसको प्रभावकारी कार्यान्वयन अहिलेको प्रमुख आवश्यकता हो । त्यसो हुन सकेमा यस क्षेत्रमा वाह्य लगानी, प्रविधि समेत आकर्षणमा ठूलो सहयोग पुग्ने दावी छ ।

महासंघका अध्यक्ष शेखर गोल्छाले औषधि उत्पादक संघका पदाधिकारीहरूलाई बधाई दिँदै मुलुकको आर्थिक भविष्य उज्वल बनाउने लक्ष्यका साथ महासंघले ल्याएको भिजन २०३० को सफल कार्यान्वयनमा सहकार्य गर्न आग्रह गरे ।
‘मानिसको स्वास्थ्य जस्तो अत्यन्त महत्वपूर्ण क्षेत्रसँग जोडिएको ताईहरूको उद्योग धन्दालाई प्रवद्र्धन गर्ने कार्यमा महासंघले सधै नेतृत्वदायी भूमिकामा रहेर सहयोग गर्छ । यस क्षेत्रमा भएका समस्या समाधान गर्दै मुलुकलाई औषधिमा आत्मनिर्भर बनाउन सकिन्छ’ अध्यक्ष गोल्छाले भने ।

औषधि उत्पादक संघका अध्यक्ष प्रज्ज्वलजंग पाण्डेले केही वर्ष अघिसम्म पनि नेपालमै औषधि बन्दैन भन्ने सर्वसाधारणको धारणा अहिले परिवर्तन भएको बताए । उनले अहिले नेपालबाट विदेशमा निर्यात समेत हुने गरेको समेत जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप