बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

शंखमुल फुटसललाई कुजु नेपालको प्रायोजन

शनिबार, १९ भदौ २०७८, १२ : ०५
शनिबार, १९ भदौ २०७८

शंखमुल फुटसललाई कुजु नेपालले प्रयोजन गर्ने भएको छ । आगामी असोज पहिलो सातादेखि पोखरामा चल्ने पहिलो राष्ट्रिय ‘ए डिभिजन फुटसल’ लिगमा कुजु नेपालले शंखमुललाई प्रयोजन गर्ने भएको हो । उक्त ए डिभिजन लिग फुटसल असोज २ देखि २३ गतेसम्म चल्ने छ । 

प्रायोजनका लागि कुजु नेपाल र शंखमुल फुटसलबीच सम्झौता भएको हो । एन्फा फुटसलका प्रमुख विनोद गुरुङ्गको प्रमुख आतिथ्यतामा कुजु नेपालका निर्देशक उमिद श्रेष्ठ र सम्राट पाण्डे तथा शंखमुल फुटसलका प्रमुख निर्देशक नरेश अवालेबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

प्रकाश परियारको प्रशिक्षणमा रहेको शंखमुल फुटसलको टिममा १७ खेलाडी छन् । कुजु नेपालका निर्देशक उमिद श्रेष्ठ र सम्राट पाण्डेले शंखमुल फुटसलसँग सहकार्य गर्न पाउँदा खुशी भएको बताए । कुजु नेपालले शंखमुल फुटसललाई प्रमुख प्रायोजन गर्ने भएको हो ।

कुजु नेपालले शंखुमल फुटसललाई प्रयोजनबापत २ लाख नगदसहित अन्य आवश्यक सामाग्री दिने छ । कार्यक्रममा कुजु नेपालले प्रायोजन गरेको खेलाडीले लगाउने जर्सी समेत सार्वजनिक गरिएको थियो ।

कुजु नेपाल अन्तर्गत दरबारमार्गमा रहेको ओपिएम रेष्टुरेण्ट, डीएफएसके मोटर्स.र याडिया प्रिमियम इलेक्ट्रिक स्कुटर सञ्चालनमा रहेका छन् । कुजु नेपालले सन् २०१८ देखि नेपाली बजारमा चाइनिज ब्राण्ड डीएफएसकेका कार र यही सालदेखि याडिया प्रिमियम इलेक्ट्रिक स्कुटर बिक्री वितरण गरिरहेको छ ।

शंखमुल फुटसल राष्ट्रिय लिग च्याम्पियनसिप जित हाँसिल गरिसकेको टिम हो । शंखमुल फुटसल यस वर्ष पनि आफ्नो जितलाई निरन्तरता दिन आक्रामक तयारी गरिरहेको प्रशिक्षक प्रकाश परियारले बताए । एन्फा अन्तर्गतको फुटसल कमिटीले आयोजना गर्ने प्रतियोगितामा देशैभरिबाट १० टिम छनौट भएका छन् । खेल विजेताले १० लाख रुपैयाँको पुरस्कार पाउने छन् । यस प्रतियोगिताको खेलबाट उत्कृष्ट खेलाडीलाई राष्ट्रिय टिममा समेत छनौट गरिने जनाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप