शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

क्रिकेट मैदानमा प्रवेश गर्ने व्यक्ति पक्राउ

शनिबार, १९ भदौ २०७८, ११ : ५१
शनिबार, १९ भदौ २०७८

भारत र इंग्ल्याण्डबीच ओभल मैदानमा चलिरहेको चौथो टेस्टको दोस्रो दिन एक व्यक्ति मैदानमा प्रवेश गरेर खेलाडीमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका छन् । ती व्यक्ति मैदानमा प्रवेश गरेर जोनी बेयर्सटोलाई धक्का दिएका थिए । जार्वो नाम गरेका तीन व्यक्ति बिहानको सत्रमा मैदानमा प्रवेश गरेका थिए । भारतीय बलर उमेश यादवको नक्कल गर्दै उनले बेयर्सटोलाई धक्का दिएका थिए । 

यसअघि पहिलो दुई टेस्ट खेलमा पनि उनले यस्तै हरकत गरेका थिए । अहिले भने उनलाई पक्राउ गरिएको छ । इंग्ल्याण्ड एन्ड वेल्स क्रिकेट बोर्डले भनेको छ, ‘पिचमा कुनै प्रकारको अतिक्रमण अस्वीकार्य छ । जहाँ खेलाडीको सुरक्षाको कुरा आउँछ हामी त्यसलाई स्वीकार गर्दैनौँ ।’ जार्वोलाई दक्षिणी लण्डनस्थित एक प्रहरी स्टेसनमा हिरासतमा राखिएको बीबीसीले जनाएको छ । 

इंग्ल्याण्डले ब्याटिङ गरिरहँदा ३४ औँ ओभर यो घटना भएको थियो । भारतका उमेश यादव बलिङ गरिरहेका बेला जार्भो दौडिँदै मैदानमा प्रवेश गरेका थिए । यादवको नजिकबाट कुद्दै उनले यादवको नक्कल गर्दै बलिङ गरेका थिए । त्यसपछि ननस्ट्राइकरमा खडा भएका बेयर्सटोलाई धक्का दिएका थिए ।

उनका कारण खेल पाँच मिनेट रोकिएको थियो । उनी मैदान प्रवेश गरेको यो तेस्रो अवसर थियो । यसअघि लर्ड्स टेस्टको तेस्रो दिन जार्वो भारतीय टोलीसँगै मैदानमा प्रवेश गरेर कप्तानले जस्तै फिल्डिङ सेट गर्न थालेका थिए । 

जार्वोको पुरा नाम डेनियल जार्विस हो । लर्ड्सको घटनापछि उनले ट्वीट गर्दै आफू भारतका लागि क्रिकेट खेल्ने पहिलो ‘श्वेत’ व्यक्ति भएको बताएका थिए । उनले आफूलाई कमेडियन, फिल्ममेकर र प्रयांकस्टर बताउँछन् ।

सामाजिक सञ्जालमा धेरैले यसलाई मजाकका रुप लिए पनि अरुले यसलाई खतरनाक पनि बताएका छन् । एउटै व्यक्ति बारम्बार मैदानमा प्रवेश गरेको प्रति धेरैले आलोचना गरेका छन् । भारतमा यस्तो भएको भए अन्तर्राष्ट्रिय मिडियाको प्रतिक्रिया कस्तो हुन्थ्यो भनेर पनि सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले प्रश्न गरेका छन् । भारतीय कमेन्टेटर हर्षा भोगलेले यसलाई सुरक्षामा गम्भीर चुक बताउँदै इंग्ल्याण्डको मैदानमा काम गर्ने केहीलाई जागिरबाट निकाल्नुपर्नेसम्म बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप