आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय बजारमा बढेपछि यहाँ पनि खाने तेलको मूल्य बढ्यो : उद्योगी

शनिबार, १९ भदौ २०७८, ११ : ४२
शनिबार, १९ भदौ २०७८

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढ्दा नेपालमा खाने तेलको मूल्य बढेको उद्योगीहरुले बताएका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको छलफलमा खाने तेल उद्योगीहरुले यस्तो बताएका हुन् । 

विभागले पछिल्लो समय नेपालमा खाने तेलको मूल्यमा अचाक्ली बृद्धि भएपछि यो सम्बन्धमा बुझ्न उद्योगीहरुलाई बोलाएको थियो । सोही कार्यक्रममा अन्तर्राष्ट्रिय बजारमै खाने तेलको कच्चा पदार्थको मूल्य बढेको उद्योगीहरुको भनाई छ ।

यसका साथै, कोभिड–१९ महामारीका कारण ढुवानीको लागत बढ्दा समेत तेलको मूल्य बढ्न पुगेको उद्योगीहरुले विभागलाई जानकारी गराए । सोहीकारण, आफुहरुले खाने तेलको व्यापारमा कम नाफा राखेको उद्योगीहरुको भनाई छ ।

देशभरका १९ खाने तेल उद्योगी सहभागी छलफलमा विभागका महानिर्देशक प्रकाश पौडेलले खाने तेलको मूल्य बढ्नु व्यवहारिक भए÷नभएको अनुगमन गरिने बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप