आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

‘रोनाल्ड कुमनले मेरो अपमान गरे’

शनिबार, १९ भदौ २०७८, ११ : ०८
शनिबार, १९ भदौ २०७८

मिरालेम पियानिचले बार्सिलोनाको हेड कोच रोनाल्ड कुमनले आफ्नो अपमान गरेको आरोप लगाएका छन् । उनी यो सिजन बार्सिलोना छाडेर बेसिक्टास पुगेका छन् । पियानिच युभेन्टसबाट बार्सिलोना आएपछि क्लबमा एक सिजनमात्र बिताए । यसक्रममा चोट र फर्मको कमीका कारण ६ वटा लिग खेलमा मात्र खेले । सन् २०२१–२२ सिजनका लागि लोनमा अनुबन्ध गर्न बेसिक्टासले २७ लाख युरो बार्सिलोनालाई तिर्नेछ । 

नयाँ क्लबमा गएपछि उनलाई प्रश्न गरिएको थियो, ‘के तपाईंलाई बार्सिलोनामा अपमान गरियो ?’ उनले मार्कालाई भने, ‘हो, प्रशिक्षकले ।’ उनले आफू खेलाडी भएको र फुटबल खेल्न मन पराउने र यसैले आफूलाई खुसी बनाउने बताए ।

‘म बार्सिलोनाका लागि सधैँ खेल्न चाहन्थे तर स्थिति यस्तो जटिल बन्छ भन्ने सोचेकै थिइनँ,’ उनले भने, ‘कुनै समय म खेल्न पाउँदिन थिएँ । स्थिति जटिल बन्दै गयो । जब मैले खेल्ने मौका पाएँ, शारीरिक  र मानसिकरुपमा खेल्न अप्ठ्यारो महसुस गरेँ । किनभने यसले मेरो आत्मविश्वासलाई मारिरहेको थियो । कुमनसँग मेरो संवाद नै हुँदैन थियो ।’

‘यो अनौठो थियो किनभने प्रशिक्षकले को खेल्छ को खेल्दैन भन्ने निर्णय गर्ने हो । खेलाडीको रूपमा म सबै कुरा स्वीकार गर्छु । तर हरेक कुरा मेरो सामुन्ने भनोस् भन्ने मलाई लाग्छ,’ उनले थपे ।

बार्सिलोनासँग आबद्ध भएर आफूले गल्ती गरेको जस्तो लागेन ? भनेर प्रश्न गर्दा उनले भने, ‘कहिले पनि गरिनँ ,। किनभने मैले जीवन भर र मेरो करियर भर लड्दै आएको छु । म महत्त्वाकाङ्क्षी र प्रतिस्पर्धी छु । म त्यो टोलीका लागि खेल्न सक्थे तर मलाई मौका नै दिइएन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप