बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

नेपालको पर्यटन प्रवर्द्धनमा श्रीलंकाले सघाउने

शनिबार, १९ भदौ २०७८, १० : ५१
शनिबार, १९ भदौ २०७८

श्रीलंकाले नेपालको पर्यटन विकासमा श्रीलंकाले सघाउने भएको छ । पर्यटन प्रवर्द्धन, जलविद्युत र निर्माण क्षेत्रमा लगानी अभिवृद्धि गर्न श्रीलंकाले नेपाललाई सघाउने भएको हो । नेपाल उद्योग परिसंघ र नेपालका लागि श्रीलंकाका राजदूत हिमाली अरुणतिलकाले नेपालको पर्यटन प्रबर्द्धनमा सघाउने बताएका हुन् । उनले नेपाल र श्रीलंका बीचको सांस्कृतिक सम्बन्ध रहेको भन्दै त्यसलाई अब औद्योगिक र व्यापारिक सम्बन्धले थप बलियो बनाउनुपर्ने बताए ।

अरुणतिलकाले नेपाली निर्यात कर्तालाई श्रीलंकामा सहज पहुँच  र बजारका लागि आफूले पहल गर्ने बताए । ‘हामीले आर्थिक सम्बन्धलाई बलियो बनाउनुपर्नेछ’ उनले भने । दुई देशबीच सिधा हवाई सेवा सुरु भएको बताउँदै उनले यसले आपसी सञ्जाल विस्तारमा थप सहयोग गर्ने उल्लेख गरे ।

‘हामी दुई देशका निजी क्षेत्रलाई पनि निकट बनाउँदै एक आपसमा लगानी अभिवृद्धि र आर्थिक सम्बन्ध विस्तारमा जोड्न सक्छौँ’ उनले भने ।
छलफलमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालले औद्योगिक विकासका लागि आन्तरिक र बाह्य लगानी कर्ताबाट ठूलो लगानीको अपेक्षा गरेको बताए । त्यसमा श्रीलंकाली लगानीकर्तालाई नेपालको विभिन्न क्षेत्रमा लगानी गर्न अभिप्रेरित गर्नुपर्ने उनको भनाई थियो ्।

‘नेपाल सिमेन्ट, जुत्ता चप्पल जस्ता क्षेत्रमा आत्मनिर्भर हुँदै निर्यात गर्न सक्ने अवस्थामा छ, यसबाहेक धेरै क्षेत्रमा हाम्रो सम्भावना छन्, त्यस्ता क्षेत्रमा श्रीलंकाली लगानीकर्तालाई आकर्षित गर्न सकिन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप