बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

विङ्गर र अटो ठोक्किँदा ३ जनाको मृत्यु

शनिबार, १९ भदौ २०७८, १० : १५
शनिबार, १९ भदौ २०७८

 

गए राति कैलालीको गौरीगङ्गा नगरपालिका–४ राजीपुरमा म १ ज ३१९ नम्बरको विङ्गर र से १ ह २५१० नम्बरको अटो ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कैलालीको घोडाघोडी नगरपालिका–९ का २४ वर्षीय युवराज चौधरी, २६ वर्षीय भिगम चौधरी र १९ वर्षीय जितेन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

दुर्घटनामा थप चार जना घाइते भएका छन् । घाइते हुनेमा घोडाघोडी–९ कै अटो चालक २२ वर्षीय सुरेश चौधरी, २४ वर्षीय दीपेन्द्र चौधरी, २० वर्षीय अशान्त चौधरी र ३० वर्षीय हरि चौधरी रहेको जनाइएको छ । 

विङ्गर सहचालक कञ्चनपुरको वेदकोट नगरपालिका–१० का २५ वर्षीय धनु रावल सामान्य घाइते भएका छन् ।  विङ्गर चालक भने फरार रहेकाले उनको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप