बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

४१ संस्थाहरुको तर्फबाट  मानव अधिकार आयोगको ध्यानाकर्षण

शनिबार, १९ भदौ २०७८, ०८ : ५२
शनिबार, १९ भदौ २०७८

मानव बेचबिखन र ओसारपसार विरुद्धको १५ औं राष्ट्रिय दिवसको सन्दर्भमा महिला तथा बालबालिका बेचबिखन बिरुद्धको सहकर्मी समूहले राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको छ।

हरेक बर्ष भाद्र २० गते मनाइने दिवसको अवसरमा एटविनमा आबद्ध ४१ संस्थाहरुको तर्फबाट  ध्यानाकर्षण गराइएको हो। 

समूहका अध्यक्ष नातिसरा राईले नेपाल बाहिर मात्र नभएर नेपालभित्रै बर्षेनी हजारौ नेपाली महिला तथा किशोरीहरु आन्तरिक बेचबिखनमा पर्ने गरेको हुनाले उनीहरुको मानव अधिकारको रक्षाको लागि ध्यानाकर्षण गराइएको बताइन्।
यसैगरी आफन्त नेपालको तर्फबाट  पूर्व सदस्य इन्द्रराज भट्टराईले वैदेशिक रोजगारीका क्रममा हजारौं नेपाली महिलाहरु भारत लगायत अन्य मुलुकमा बेचबिखनमा पर्ने गरेको हुनाले नेपाल सरकारको ध्यानाकर्षण गराउन अपिल गरे। 
समूहका महासचिव बालकुमारी दर्लामी तथा  कार्यकारी निर्देशक वेनुमाया गुरुङले बेचबिखन न्युनिकरणका लागि संस्थाले अगाडि बढाएका अभियान बारेमा जानकारी गराएका‌ थिए।

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लिली थापाले आयोगले आफ्नो रणनीतिक योजनामा यो मुद्दालाई प्राथमिकतामा राखिएको जानकारी गराइन्। आयोगका अध्यक्ष तम बहादुर मगरले मानव बेचबिखन नियन्त्रणका लागि नेपाल सरकारको हालसम्मको पहल सराहनीय रहेको भन्दै हाल बेचबिखनको जोखिम बढेको हुँदा आगामी दिनमा जोखिम न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप