४ किलो सुनसहित २ जना पक्राउ, श्री एयरलाइन्सको जहाजमा पुगेका थिए नेपालगन्ज
प्रहरीले अवैध सुनसहित बाँकेको नेपालगन्जबाट दुई जनालाई पक्राउ गरेको छ । श्री एयरलाइन्सको फ्लाइट नम्बर एसएचए ४३३ को जहाजबाट शुक्रबार नेपालगन्ज पुगेका झापाको खादुनावारी–६ का अमिर लगुन विश्वकर्मा र मोरङको लेटाङका बुद्धिमान खातीलाई प्रहरीले ४ किलो २१.४९ ग्राम अवैध सुनसहित पक्राउ गरेको हो।
प्रहरीका अनुसार प्लेनबाट उनीहरु शुक्रबार दिउँसो २ बजेको समयमा नेपालगन्ज पुगेका थिए । उनीहरुलाई ३ बजे विमास्थलको आगमन कक्ष बाहिर संकास्पद रुपमा रहेको अवस्थामा प्रहरी टोलीले फेला पारेर खानतलासी गर्दा सुन भेटिएको थियो । अमिर लगुन विश्वकर्माले लगाएको दायाँ र बायाँ जुत्तामा सुनको २–२ वटा बिस्कुट र बुद्धिमान खातीले लगाएको जुत्ताको तलुवामा १–१ पिस बिस्कुट गरि जम्मा ६ थान बिस्कुट भेटिएको थियो ।
यस्तै बुद्धिमान खातीको झोलामा समेत थप सुन भेटिएपछि जम्मा ४ किलो २१.४९ ग्राम अवैध सुनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
उनीहरु उपर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी