आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्रिपरिषद् विस्तारबारे देउवा, प्रचण्ड र नेपालबीच छलफल

शुक्रबार, १८ भदौ २०७८, २२ : २५
शुक्रबार, १८ भदौ २०७८

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच मन्त्रिपरिषद् विस्तार र गठबन्धनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको छलफलमा विशेष गरी सरकार विस्तार तथा मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको हो । माओवादी अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार गठबन्धनलाई थप प्रभावकारी बनाउने, सरकार विस्तार गर्नेलगायत विषयमा आजको छलफल केन्द्रीत रहेको थियो ।

गत असार २८ गतेको सर्वोच्चको फैसलाअनुसार गठन भएको नेपाली कांग्रेसका सभापति देउवा नेतृत्वको सरकार हालसम्म विस्तार हुन सकेको छैन । सरकारमा कांग्रेसका तर्फबाट प्रधानमन्त्री देउवासहित दुई मन्त्री र एक राज्यमन्त्री छन् । यस्तै, माओवादीका तर्फबाट दुई मन्त्री छन् । छलफलमा मन्त्रिपरिषद् विस्तार गर्ने र देश तथा जनताको समस्या समाधानमा केन्द्रीत हुने विषयमा गम्भीर विचारविमर्श भएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप