आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

नेपालसँगको सीमा विवादबारे चीनले के भन्यो ?

शुक्रबार, १८ भदौ २०७८, २२ : १७
शुक्रबार, १८ भदौ २०७८

हुम्लामा चीनसँगको सीमा विवाद देखिएको भन्दै नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले समिति गठन गर्ने निर्णय गरेपछि चीनले दुई देशबीचको सीमा विवाद सन् १९६० ताका नै समाधान भइसकेको जनाएको छ । नेपालस्थित चिनियाँ दूतावासका प्रवक्ताले केही व्यक्तिहरूले यसअघि पनि चीन र नेपालबीच सीमा विवाद रहेको भन्दै उछाल्न खोजेको र यस विषयमा परराष्ट्र मन्त्रालयले वक्तव्य जारी गर्दै स्पष्ट पारी सकेको पनि बताएको छ ।

यस्तो छ दूतावासका प्रवक्ताको भनाइ :

चीन र नेपालले १९६० ताका नै दुई देशबीचको सीमाको मुद्दालाई मित्रवत् छलफलबाट समाधान गरिसकेको छ । केही व्यक्तिहरूले ‘चीन–नेपाल सीमा विवाद’ रहेको भन्दै उछाल्ने खोजेका थिए । नेपालको परराष्ट्र मन्त्रालयले यस विषयमा वक्तव्य जारी गर्दै स्पष्ट पारिसकेको छ । 

चीन र नेपालले लामो समयदेखि सीमा व्यवस्थापन, बन्दरगाह निर्माण र सञ्चालन र अन्तर सीमा सहकार्यलाई प्रवर्द्धन गर्दै आइरहेको छ । सीमा क्षेत्रका जनताले मित्रवत् सम्बन्ध कायम गरिरहेका छन् । यो वर्ष चीन र नेपालबीच भएको सीमा सन्धिको ६० वर्ष पुरा भएको छ । चीन पञ्चशीलको सिद्धान्तअनुसार सीमासम्बन्धी मामिलामा सहकार्यलाई मजबुत पार्न तयार रहेको छ र ट्रान्स हिमालय बहुआयामिक कनेक्टिविटी नेटवर्कलाई संयुक्तरुपमा निर्माण गरेर दुई देशको विकास र सहकार्यका लागि पुल निर्माण गर्न तयार रहेको छ ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप