शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सक्षम र कुशल नेतृत्व चयन गरौं : मन्त्री थापा

शुक्रबार, १८ भदौ २०७८, २१ : ५२
शुक्रबार, १८ भदौ २०७८

गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले क्रियाशीलताका आधारमा सक्षम र कुशल नेतृत्व चयन हुनुपर्ने बताएका छन् । शुक्रबार नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पोखरा महानगरपालिका–८ को वडा अधिवेशन समारोहलाई सम्बोधन गर्दै मन्त्री थापाले बिकास र समृद्धिको यात्रालाई अगाडि बढाउन सक्षम र कुशल नेतृत्वको आवश्यकता रहेको औल्याएका हुन् । 

मन्त्री थापाले आफू प्रत्यक्ष सांसदको रुपमा विजयी हुँदा यस वडाका जनताको महत्वपूर्ण भूमिका महत्वपूर्ण रहेको स्मरण समेत गरे । मन्त्री थापाले अहिलेको अवस्थामा काँग्रेसलाई बलियो बनाउनुपर्ने आवश्यकता रहेको बताउँदै विकास र समृद्धिका लागि काँग्रेसको नेतृत्व आवश्यक रहेको बताए ।

‘राजनीतिमा धैर्यताको आवश्यकता पर्छ, काँग्रेसको विधानले धेरै अवसरहरू सिर्जना गरेको छ’ उनले भने, ‘अबको स्थानीय निर्वाचनमा काँग्रेसलाई जिताउने गरी काम गर्न सक्ने नेतृत्व छनौट गर्न आवश्यकता छ ।’ मन्त्री थापाले आफुले काँग्रेसको शिर उचो राख्ने गरी काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप