सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

गाउँपालिका उपाध्यक्षसहितका एमाले जनप्रतिनिधि नेकपा एकीकृत समाजवादीमा

शुक्रबार, १८ भदौ २०७८, २१ : ०६
शुक्रबार, १८ भदौ २०७८

अर्घाखाँचीको पाणिनी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमसहितका जनप्रतिनिधिले शुक्रबार नेकपा (एकीकृत समाजवादी) पार्टीका पक्षमा सनाखत गराएका छन् । एमालेबाट निर्वाचित उपाध्यक्ष गौतमसहित अर्घाखाँचीका ४ जना जनप्रतिनिधिले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेको जिल्ला निर्वाचन अधिकारी सुरेश भण्डारीले रातोपाटीलाई बताए ।

नेकपा एकीकृत समाजवादीका अर्घाखाँची जिल्ला कमिटी अध्यक्ष रामबहादुर चौहानका अनुसार पाणिनी गाउँपालिका उपाध्यक्ष गौतम, सोही गाउँपालिका–३ का वडा सदस्य ओमप्रकाश भुसाल, सन्धिखर्क नगरपालिका–१ की वडा सदस्य सुमित्रा मुखिया, नेकपा एमाले बाङ्गी गाउँ कमिटीका अध्यक्ष तथा मालरानी गाउँपालिका–५ का वडा सदस्य डालबहादुर चौहानले नेकपा एकीकृत समाजवादी पार्टी रोज्दै जिल्ला निर्वाचन कार्यालयमा सनाखत गराएका छन् ।

नेकपा एकीकृत समाजवादी पार्टीकी प्रभावशाली नेतृ रामकुमारी झाँक्रीको जिल्ला गुल्मीमा भने अहिलेसम्म कुनै पनि जनप्रतिनिधिले सो पार्टी रोजेर सनाखत गराएका छैनन् । जिल्ला निर्वाचन अधिकारी माया कुँवरले अहिलेसम्म नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल हुनका लागि जनप्रतिनिधिहरु सनाखत गर्न नआएको जानकारी दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप