बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बारामा बाघको आक्रमणबाट २ जना घाइते

शुक्रबार, १८ भदौ २०७८, २१ : ०३
शुक्रबार, १८ भदौ २०७८

बारामा बाघको आक्रमणबाट दुई जना घाइते भएका छन् । बाराको कोल्हवी नगरपालिका–११ बस्ने ४९ वर्षीय हरिकिसुन पनुहर र ५० वर्षीय पाहुन चौधरीलाई बाघले आक्रमण गरी घाइते तुल्याएको बारा प्रहरीले जनाएको छ ।

दाउरा लिन निजगढस्थित चारकोसे झाडीमा गएको बेला दुवै जनालाई पाटे बाघले आक्रमण गरेको बाराका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

दाउरा टिपिरहेका बेला पछाडिबाट आएको बाघले आक्रमण गर्दा दुवै जनाको हात, घाँटी, जिउ, छाती लगायतमा चोट लागेको बाराका प्रहरी नायब उपरीक्षक मिश्रले बताए । घाइते भएकाहरूको उपचार गराइएको र स्वास्थ्य अवस्था सामान्य रहेको उनले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप