शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दैलेखमा एकै दिन २७ जना जनप्रतिनिधिले गरे एकीकृत समाजवादीमा सनाखत

शुक्रबार, १८ भदौ २०७८, २० : २०
शुक्रबार, १८ भदौ २०७८


११ वटा स्थानीय तह रहेको दैलेखमा २७ जना जनप्रतिनिधिले एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका छन्। शुक्रबार जिल्ला निर्वाचन कार्यालयमा पुगेर उनीहरूले समाजवादीमा सनाखत गरेका हुन् ।

२०७४ को स्थानीय तह निर्वाचनमा दैलेखका ११ स्थानीय तहमा ७ वटा स्थानीय तह जितेको १४ जना प्रमुख÷अध्यक्ष तथा उपप्रमुख÷उपाध्यक्ष मध्ये ८ जना एमालेमै रहने बुझिएको छ भने ६ जनाले एकीकृत समाजवादीमा जाने बुझिएको छ।

जिल्लाका ११ स्थानीय तहका ९० वडा मध्ये ५३ वटा वडाहरूमा वडाध्यक्ष सहित सबैजसो वडा सदस्य जितेको एमालेका ३१ जना वडाध्यक्ष एमालेमै रहने स्रोतको भनाइ छ। दैलेखका ११ स्थानीय तहका ९० वटा वडा मध्ये ५३ वडा जितेको एमालेका ३१ जना मूल घरमा रहने बुझिएको छ भने एकीकृत समाजवादी गोलबन्द हुन चाहेका २२ जना रहेको बुझिएको छ। 

कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका एकीकृत समाजवादीका नेता अम्मरबहादुर थापाले अझै ५० भन्दा बढी जनप्रतिनिधिहरू समाजवादीमा खुल्ने दाबी गरे । 

चामुण्डाबिन्द्रासैनी नगरपालिकाका उप–प्रमुख तारा शाही –खत्री), नारायण नगरपालिकाका उपप्रमुख सावित्री मल्ल, भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापा पनि समाजवादीमा खुलीसकेका छन् । 

शुक्रबार पहिलो दिन एमाले छाडेर एकीकृत समाजवादीमा सनाखत गर्नेहरु

१, जंगबहादुर शाही महावु गाउँपालिकाका अध्यक्ष  

२, प्रेमकुमारी बुढा महावु गाउँपालिका उपाध्यक्ष    

३, डम्बर थापा वडाअध्यक्ष महावु १

४, गोमा ढकाल वडा सदस्य महावु  

५ , भिमसिंह दमाई कार्यपालिका सदस्य महावु

६, देव शाही वडा अध्यक्ष महावु ४

७, राज शाही  वडा सदस्य महावु 

८, जगत हमाल वडाअध्यक्ष महावु ५  

९, कविता गिरी सदस्य 

१०, रश्मी विक सदस्य 

११,  शेर बहादुर ढाडा मगर सदस्य महावु ५ 

१२,  डम्बर थापा वडाअध्यक्ष महावु ६ 

१३,  रनबहादुर बोहोरा वडाअध्यक्ष दुल्लु नगरपालिका ९  

१४, खजुरा सुजी वडा सदस्य दुनपा ९ 

१५ सुस्मीता सिंह उपाध्यक्ष ठाटीकाँध गाउँपालिका

१६, खगिसरा तिमिल्सीना वडा सदस्य ठाटीकाँध ३ 

१७, खगेन्द्र खनाल वडा सदस्य भैरवी गाउँपालिका ४

१८, पानसरा थापा वडा सदस्य भैरवी ४ 

१९,  कर्ण बहादुर शाही वडा अध्यक्ष भगवतीमाई गाउँपालिका २

२०, संकर बयलककोटी वडा सदस्य नारायण नगरपालिका १ 

२१, रमेश केसी वडा सदस्य नानपा १

२२, मनकुमारी सुनार वडा सदस्य नानपा ११

२३, रत्न श्रेष्ठ वडा सदस्य नानपा ११ 

२४, नमराज शाही वडा सदस्य नानपा १०  

२५, चन्द्र उपाध्याय वडाअध्यक्ष नानपा ३   

२६,  कृष्ण बहादुर रावत वडा सदस्य नानपा ९ 

२७. खड्ग बहादुर शाही ५ वडा सदस्य महावु​

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप