सेजन अध्यक्षमा बराल
शुक्रबार, १८ भदौ २०७८, २० : १९
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नयाँ कार्यसमिति अध्यक्षमा जनार्दन बराल निर्वाचित भएका छन् । बराल ११४ मतका साथ विजयी भएका हुन् । यस्तै निकटतम प्रत्यासी आशिष ज्ञवालीले ८० र अर्का प्रत्यासी शिरोमणि ढुंगानाले ४८ मत प्राप्त गरे ।
सेजनको नयाँ कार्यसमिति उपाध्यक्षमा सुजन ओली, महासचिवमा भागवत भट्टराई, सचिवमा हिमाल पौडेल र कोषाध्यक्षमा लक्ष्मीकुमारी सापकोटा विजयी भएका छन् ।
यसैगरी कार्यसमितिका ५ सदस्यमा शोभित थपलिया, अच्युत पुरी, इशारा कोइराला, अमर बडुवाल र सिबी अधिकारी विजयी भए ।
शुक्रबार भएको निर्वाचनमार्फत सेजनमा नयाँ कार्यसमिति निर्वाचित गरिएको हो । निर्वाचित कार्यसमितिले दुई वर्षसम्म सेजनलाई नेतृत्व दिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगातार बैठक बोलाउने तयारीमा एमाले
-
अमेरिकाको प्रतिबन्धमा परे ब्यालेस्टिक मिसाइल कार्यक्रममा संलग्न चार पाकिस्तानी कम्पनी
-
‘औषधिको निरीक्षण र नियमन यथेष्ट मात्रामा भइरहेको छैन’
-
नौमुरे जलविद्युत आयोजनालाई सधैँ जनशक्ति र बजेट अभाव
-
शुक्लाफाँटाको दुर्गम क्षेत्रमा प्रहरी चौकी स्थापना गर्न माग
-
‘कहिलेकाहीँ खरिद प्रक्रियाका कारणले औषधिको अभाव हुन सक्छ’