म्याद नाघेको चियालाई ‘रेड लेबल’ ब्राण्ड बनाएको पाइएपछि युनिलिभरमा सिल

मकवानपुर । म्याद नाघेको चियापत्ती भेटिएपछि हेटौंडास्थित बहुराष्ट्रिय कम्पनी युनिलिभरमा सिल गरिएको छ ।
हेटौंडा उपमहानगरपालिका–३, बसामाडीमा रहेको बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडको चिया प्रशोधन केन्द्रमा भदौ १५ गते लेबल नभएको र म्याद गुज्रिएको चियापत्ती भेटिएपछि स्थानीय प्रशासनले सिल गरेको हो ।
विशेष सूचनाको आधारमा स्थानीय प्रशासन, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, उपभोक्ता हित संरक्षण मञ्चसहितको टोलीले उद्योग परिसरमा रहेको चियापत्ती प्रशोधन केन्द्रमा अनुगमन गरेको थियो ।
पुनः प्याकेजिङ गरी विक्री वितरण गर्ने उद्देश्यले भण्डारण गरी राखिएको ९२० बोरा सिटीसी चिया फेला परेकाले कम्पनीमा सिल गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाका प्रमुख सोमकान्त रिजालले बताए ।
खाद्य ऐन अनुसार लेबल विवरण प्रतिकुल भएका खाद्यवस्तु फेला परेकाले आम उपभोक्तसमक्ष नपुगोस् भनेर उद्योगमा सिल गरेको उनको भनाइ थियो ।
उद्योगले विभिन्न स्थानबाट म्याद गुज्रिएका तथा गुणस्तर चिह्न र लेबल नभएका ठुलो परिमाणका चियापत्ती संकलन गरी रिप्याकेजिङ गरी रेड लेबल चियाको ब्राण्ड बनाएर बिक्री वितरण गर्दै आएको उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य बासु खतिवडाले बताए ।
अनुगमनको क्रममा रिप्याकेजिङ गर्न तयार रहेको ३५ केजी तौलका ९ सय २० बोरा (३२ टन २ सय केजी)सहित ठुलो मात्रामा अन्य नाम उल्लेख नभएका चियापत्ती फेला पारिएको उनले बताए ।
खतिवडाका अनुसार उक्त सिटीसी चियाको प्यकेटमा उत्पादन मिति २०१९ उल्लेख छ भने उपभोग अवधि १८ महिना उल्लेख छ ।
म्याद गुज्रिएको डेढ बर्ष भईसकेको चिया पुनः रिप्याकेजिङ गर्नु उपभोक्ता माथिको गम्भीर अपराध र ठगी भएको खतिवडाले बताए । लेबल नभएको, म्याद गुज्रेको सामग्री उपभोक्तालाई बेच्ने प्रयोजन खाद्य ऐन विपरीतको कार्य गरेको भन्दै मुद्दा प्रक्रिया अघि बढाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाका प्रमुख रिजालले बताए ।
आवश्यक अनुसन्धान प्रक्रिया सम्पन्न गरी मुद्दा प्रक्रिया सुरु गर्ने तयारी भइरहेको उनले बताए ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले २०७६ कार्तिक १७ गते मातहत कार्यालयलाई म्याद गुज्रिएका, लेबल नभएका खाद्य सामग्री तत्काल नष्ट गर्न निर्देशन दिएइसकेको भए पनि युनिलिभरले त्यस्ता चियापत्ती नष्ट गर्नुको साटो पुनः प्याकेजिङ गरी बजारमा पठाउने गरेको पाइएको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले युनिलिभरमा फेला परेको म्याद गुज्रिएका चियापत्ती थप परीक्षणका लागि विभागमा पठाइएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा आयोजना बैङ्क सञ्चालनका लागि मन्त्रालयलाई अभिमुखीकरण तालिम
-
चिकित्सकको आन्दोलन : शुक्रबार आकस्मिक बाहेक सबै सेवा ठप्प पार्ने
-
रातोपाटीकर्मी तेजेन्द्र केसीलाई १ लाख नगदसहित उत्कृष्ट पत्रकारिता पुरस्कार
-
तीन दिनभित्र शिक्षकका जायज माग पूरा गरी विद्यालय फर्काउने वातावरण सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
लोकतन्त्र दिवस विशेष: गणतन्त्रले नेपालीलाई के दियो ?
-
चलचित्र ‘जार’ काे गीत ‘ए ठूली’ मा लाहुरेको प्रेमकथा