शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पार्टी विभाजनको औचित्य पुष्टि गरेर देखाउन सुवास नेम्वाङको चुनौती

शुक्रबार, १८ भदौ २०७८, १९ : ४१
शुक्रबार, १८ भदौ २०७८

नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवास नेम्वाङले पार्टीलाई विभाजन गर्नुको औचित्य पुष्टि गरेर देखाउन नेकपा (एकीकृत समाजवादी) पार्टीको नेतृत्वलाई चुनौति दिएका छन् । 

संविधानसभाका अध्यक्ष समेत रहेका उपनेता नेम्वाङले माधव नेपालप्रति लक्षित गर्दै ‘खाली तँ र म’ को कुरा गरेर पार्टी विभाजनको औचित्य स्थापित गर्न नसकिने पनि स्पष्ट पारे ।  विना विचारधारा, दर्शन र कार्यक्रमविना पाटी फुटाउन नपाउने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै उनले त्यस विपरित गएर माधव नेपालहरुले पार्टी फुटाएको आरोप समेत लगाए । 

पार्टी निकट प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठनले शुक्रबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उपनेता नेम्वाङले कुन विचारधारा, दर्शन र कार्यक्रमको आधारमा पार्टी विभाजन गरेको ? भनेर माधव नेताहरुलाई प्रश्न गर्न पनि पार्टीको सिंगो पंक्तिलाई आह्वान गरे । 

उपनेता नेम्वाङले घरघरबाट बाहिर आएर पार्टीलाई एकतावद्ध बनाउने अभियानमा जुटन पार्टी निकट कानुन व्यवसायीहरुलाई आग्रह गरे । 

कार्यक्रममा बोल्दै नेकपा एमालेका नेता एवम् पूर्व कानुनमन्त्री अग्निप्रसाद खरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपालले अध्यक्ष केपी ओलीमाथि हुँदै नभएको जघन्य आरोप लगाएर पार्टीलाई फुटाउने काम गरेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप