पार्टी विभाजनको औचित्य पुष्टि गरेर देखाउन सुवास नेम्वाङको चुनौती
नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवास नेम्वाङले पार्टीलाई विभाजन गर्नुको औचित्य पुष्टि गरेर देखाउन नेकपा (एकीकृत समाजवादी) पार्टीको नेतृत्वलाई चुनौति दिएका छन् ।
संविधानसभाका अध्यक्ष समेत रहेका उपनेता नेम्वाङले माधव नेपालप्रति लक्षित गर्दै ‘खाली तँ र म’ को कुरा गरेर पार्टी विभाजनको औचित्य स्थापित गर्न नसकिने पनि स्पष्ट पारे । विना विचारधारा, दर्शन र कार्यक्रमविना पाटी फुटाउन नपाउने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै उनले त्यस विपरित गएर माधव नेपालहरुले पार्टी फुटाएको आरोप समेत लगाए ।
पार्टी निकट प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठनले शुक्रबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उपनेता नेम्वाङले कुन विचारधारा, दर्शन र कार्यक्रमको आधारमा पार्टी विभाजन गरेको ? भनेर माधव नेताहरुलाई प्रश्न गर्न पनि पार्टीको सिंगो पंक्तिलाई आह्वान गरे ।
उपनेता नेम्वाङले घरघरबाट बाहिर आएर पार्टीलाई एकतावद्ध बनाउने अभियानमा जुटन पार्टी निकट कानुन व्यवसायीहरुलाई आग्रह गरे ।
कार्यक्रममा बोल्दै नेकपा एमालेका नेता एवम् पूर्व कानुनमन्त्री अग्निप्रसाद खरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपालले अध्यक्ष केपी ओलीमाथि हुँदै नभएको जघन्य आरोप लगाएर पार्टीलाई फुटाउने काम गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण