शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशसभा सदस्य ज्ञवाली नेकपा समाजवादीमा

शुक्रबार, १८ भदौ २०७८, १९ : ३५
शुक्रबार, १८ भदौ २०७८

बागमती प्रदेशसभाका थप एक सदस्य माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा खुलेका छन् ।
प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख लुम्बनाथ पोखरेलका अनुसार प्रदेशसभा सदस्य मीना ज्ञवाली नेपालले समाजवादीको पक्षमा सनाखत गरेकी हुन् । 

यससँगै नेकपा समाजवादीमा सनाखत गर्ने प्रदेशसभा सदस्यहरुको संख्या १३ जना पुगेको छ । 

तत्कालिन नेकपा एमालेको माधव नेपाल समूहमा रहेकी सांसद् ज्ञवाली गत भदौ २ गतेपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारको पक्षमा देखिएकी थिइन् ।

२२ गतेसम्ममा थप सांसदले आफूहरुको पक्षमा सनाखत गर्ने नेता बसन्त मानन्धरले दावी गरे । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप