शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंकाे शंखरापुर नगरपालिकाका ८ जनप्रतिनिधिले राेजे नेकपा एकीकृत समाजवादी

शुक्रबार, १८ भदौ २०७८, १९ : १४
शुक्रबार, १८ भदौ २०७८

काठमाडौंकाे शंखरापुर नगरपालिकाका ८ जनप्रतिनिधिले नेकपा एमाले छाेडी नेकपा एकीकृत समाजवादी राेजेका छन् ।  
साे नगरपालिकाकी उपमेयर शुक्रलक्ष्मी श्रेष्ठ, वडा नं ९ का वडाअध्यक्ष घनश्याम थापा,  नगर कार्यपालिका सदस्य  तिल कुमारी दमाई, बुद्धिमाया तामाङ तथा ज्ञानु पोखरेल, अनिल परियार तथा  वडा नं २ का वडा सदस्य कृष्ण

बहादुर गुरुङ,शिव प्रसाद दंगालले शुक्रबार जिल्ला  निर्वाचन आयाेगकाे कार्यालय काठमाडौंमा पुगेर  नेकपा समाजवादीमा सनाखत गरेका हुन् । 

यस्तै साेही नगरपालिकाका एमाले नेताहरू एल पि श्रेष्ठ, शम्भु दुलाल, दलबहादुर तामाङ, अमृत दंगाल लगायत नेकपा एसमा आवद्ध भएका छन् । 
साे नगरपालिका नेकपा एसका अध्यक्ष माधवकुमार नेपालकोे निर्वाचन क्षेत्र समेत रहेकाे छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप