बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरी सहायक निरीक्षक पदको नतिजा प्रकाशित

शुक्रबार, १८ भदौ २०७८, १७ : ०६
शुक्रबार, १८ भदौ २०७८

नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक पदको नतिजा प्रकाशित भएको छ । दरखास्त दिई अन्तरवार्ता परीक्षामा सहभागी भएका खुल्ला, अमर अशक्त प्रहरी परिवार तथा समावेशी समूह तर्फका उम्मेदवारहरूको अन्तिम नतिजा शुक्रबार प्रकाशित गरिएको हो ।  

अन्तिम नतिजामा उत्तीर्ण हुने सम्बन्धित उम्मेदवारहरूलाई २०७८ भदौ २८ गते सोमबार प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखामा सम्पर्क राख्न सूचित गरिएको छ । उक्त नतिजाको विस्तृत विवरण नेपाल प्रहरीको वेबसाइटबाट प्राप्त गर्न सकिने प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप