खसी पालनले उकासेको जीवन : वार्षिक करोड बढीको कारोबार

person explore access_timeभदौ १८, २०७८ chat_bubble_outline0
file photo

सुनसरीका दुई परिवारले खसीबोका पालेरै वार्षिक १ करोड बढीको कारोबार गर्दै आएका छन् । उत्पादनले सहजै बजार पाउने र माग समेत बढी आउने भएकाले खसी बाख्रा पालन उनीहरुको राम्रो आम्दानीको श्रोत बनेको हो । सुनसरीको कोशी कटान क्षेत्रमा दुई वर्षअघिबाट थालिएको बोयर गोट फार्ममा तीन महिनाको एउटै पाठी अढाई लाख मूल्यमा बिक्री हुने गरेको छ । अस्ट्रेलियाबाट चिम्पाञ्जी जातको बोका र बाख्रा ल्याएर सुरु गरिएको सो फार्मले दुई लटका पाठापाठी बिक्री गरि सकेको छ । फार्मका खसी बाख्रा मासुका लागि भन्दा पनि बीउ र उत्पादनको लागि किसानले प्रयोगमा ल्याउने गरेका छन् ।

एउटा माउ बाख्राले एकै पटकमा तीन वटासम्म पाठापाठी पाउने भएकाले समेत पालनको लागि पाठीको माग अत्याधिक रहेको फार्म सञ्चालक बताउँछन् । बोका समेत ६ देखि ८ लाखमा बिक्री हुने गरेको बताउने फार्म सञ्चालक माग धान्न नसकेकाले व्यवसाय विस्तारमा जुटेको बताउँछन् ।

कृषि पेशा अंगाल्दै आएको सुनसरीको डुम्राहाकी कोपिला कार्कीको परिवारले समेत पाठापाठी बेचेरै मनग्यै आम्दानी गर्दै आएको छ । आठ वर्षयता निरन्तर सो पेशामा लागेको कार्की परिवारले खसी बाख्रा पालनका लागि घरमै ठूलेमोर कृषि फार्म सञ्चालन गरेको छ । उक्त फार्ममा १ सय ५० बढी खसी बाख्रा पालिएका छन् । लोकल तथा बोयर क्रस र जमुनापारी क्रस बाख्रा पालन गर्दै आएको सो परिवार बजारको कुनै समस्या नभएको बताउँछ । मासुका लागि खसीको माग अत्याधिक रहेको बताउने फार्म सञ्चालिका कार्की स्थानीय बजारमै उत्पादन खपत हुने गरेको बताउँछिन् ।

व्यवसायिक रुपमा फार्म संचालन गर्दै आएकाको हकमा भेटेरिनरी अस्पताल तथा पशु विज्ञ सेवा केन्द्र इनरुवाले आवश्यक परामर्श र अनुदान दिने भएकाले समेत पछिल्लो समय व्यवसायिक पालनमा किसानको आकर्षण बढ्दै गएको छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।