सिद्दी स्मृति अस्पतालको लापरवाहीले सुत्केरीको मृत्यु भएको आरोप, अस्पताल तनावग्रस्त
शुक्रबार, १८ भदौ २०७८, १६ : २९
भक्तपुरको सिद्दी स्मृति अस्पतालको लापरबाहीले सुत्केरी महिलाको मृत्यु भएको भन्दै आफन्तले धर्ना दिएका छन् । काभ्रेको मण्डनदेउपुर नगरपालिका–१ ढाडा गाउँकी ३० वर्षकी सुत्केरी रिता तामाङको शुक्रबार बिहान १० बजे त्रिवि शिक्षण अस्पताल मृत्यु भएको हो ।
घरबाट १५ गते अस्पताल आउँदा सकुशल आएकी तामाङको सोही दिन ४ बजे अपरेसन गरेर बच्चा निकालिएको आफन्तले बताए । बिरामीको अवस्था जटिल भएपछि मात्रै १७ बिहान सिद्दी स्मृति अस्पतालले शिक्षण अस्पतालमा थप उपचारका लागि पठाएको मृतकका जेठाजु लोकबहादुर तामाङले रातोपाटीलाई बताए ।
‘अस्पतालको १०० प्रतिशत लापरबाही हो, उपचारमा लापरबाही गर्ने डाक्टरलाई कारवाही गर्नुपर्छ’ उनले भने । अहिले मृतकका श्रीमानसहित अस्पताल प्रशासनबीच वार्ता भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण