शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सिद्दी स्मृति अस्पतालको लापरवाहीले सुत्केरीको मृत्यु भएको आरोप, अस्पताल तनावग्रस्त

शुक्रबार, १८ भदौ २०७८, १६ : २९
शुक्रबार, १८ भदौ २०७८

भक्तपुरको सिद्दी स्मृति अस्पतालको लापरबाहीले सुत्केरी महिलाको मृत्यु भएको भन्दै आफन्तले धर्ना दिएका छन् । काभ्रेको मण्डनदेउपुर नगरपालिका–१ ढाडा गाउँकी ३० वर्षकी सुत्केरी रिता तामाङको शुक्रबार बिहान १० बजे त्रिवि शिक्षण अस्पताल मृत्यु भएको हो ।

घरबाट १५ गते अस्पताल आउँदा सकुशल आएकी तामाङको सोही दिन ४ बजे अपरेसन गरेर बच्चा निकालिएको आफन्तले बताए । बिरामीको अवस्था जटिल भएपछि मात्रै १७ बिहान सिद्दी स्मृति अस्पतालले शिक्षण अस्पतालमा थप उपचारका लागि पठाएको मृतकका जेठाजु लोकबहादुर तामाङले रातोपाटीलाई बताए । 

‘अस्पतालको १०० प्रतिशत लापरबाही हो, उपचारमा लापरबाही गर्ने डाक्टरलाई कारवाही गर्नुपर्छ’ उनले भने । अहिले मृतकका श्रीमानसहित अस्पताल प्रशासनबीच वार्ता भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप