बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पहाडले घेरिएको पन्जशीर, जहाँ तालिबानको केही लागेन

शुक्रबार, १८ भदौ २०७८, १६ : १७
शुक्रबार, १८ भदौ २०७८

तालिबानले अफगानिस्तानमा निकै तेजसँग आफ्नो पकड बनाएको छ । उनले काबुलमा नयाँ सरकार बनाउने योजना पनि बनाइरहेको छ । तर पनि उसको बाटोमा एउटा ठूलो बाधा अझै बाँकी छ । राजधानी काबुलबाट उत्तर–पूर्वमा पर्ने पन्जशीर उपत्यकामा अहिले राष्ट्रिय प्रतिरोध मोर्चा (एनआरएफ) का लडाकुहरु छन् । 

चारैतर्फबाट तालिबानले घेरेको भएपनि उनीहरुले हार मान्न अस्विकार गरेका छन् । तालिवानका वरिष्ठ नेता आमिर खान मोतंकीले पन्जशीर उपत्यकामा बस्ने लडाकुहरुलाई आफ्नो हतियार बुझाउन आव्हान गरेका छन् । तर अहिलेसम्म यो अपिल कसैले मान्ने छाँट देखिएको छैन । 

मिडिया रिपोर्टका अनुसार १५ अगस्टमा काबुलमाथि तालिबानले कब्जा जमाएयता पन्जशीर उपत्यकाका सीमामा धेरैपटक झडप भएका छन्, झडपमा दर्जनभन्दा धेरै तालिबानी लडाकु मारिएका छन् र अहिले पनि लडाईँ जारी छ । 
विरोधमा उत्रिएका यी लडाकु को हुन् ?

पूर्वी अफगानिस्तानको यो उपत्यका राष्ट्रिय प्रतिरोध मोर्चा (एनआरएफ) का लडाकुहरुको घर बनेको छ । धेरै जाति र समुदायको प्रतिनिधित्व गर्ने यी लडाकुहरु अफगान सुरक्षा बलका पूर्व सदस्य हुन् । उनीहरुको संख्या हजारौं छ । यस हप्ता सार्वजनिक भएका तस्विरहरूले यी खेलाडीहरु सुसंगठित, आधुनिक हतियारयुक्त र राम्रो प्रशिक्षण पाएजस्तो देखिन्छन् । 

अहिले देशका पूर्व उपराष्ट्रपति अमरुल्लाह सालेह पनि एनआरएफमा समावेश छन् । तर नेतृत्वमा ‘पन्जशीरका शेर’ भनेर चिनिने अहमद शाह मसूदका छोरा अहमद मसूद छन् ।   अहमद शाहले १९८० को दशकमा सोभियत संघको आक्रमण मात्रै रोकका थिएनन्, बरु १९९० को दशकमा पनि तालिबानलाई पन्जशीरबाट टाढै राखेका थिए । ११ सेप्टेम्बर २००१ मा अमेरिकामा हवाई आक्रमण हुनभन्दा ठिक दुई दिनअघि उनको हत्या भएको थियो । 

उनका ३२ वर्षका छोरा अहमद मसूदले लण्डनको किङ्स कलेज र स्यान्डहस्र्ट मिलिटरी एकेडेमीबाट स्नातक गरेका छन् । उनी पनि तालिबानलाई टाढै राख्न दृढ छन् ।  केवल आफ्नो देशमा मात्रै सहयोग माग्ने होइन विदेशीबाट पनि समर्थन जुटाउने कोसिसमा उनी लागिरहेका छन् । उनले यस वर्षको सुरुवातमा फ्रान्सका राष्ट्रपति इम्मानुयल म्याक्रोनसँग भेटेका थिए । 

सिएनएनलाई दिएको एक अन्तर्वार्तामा मसुदले तालिबानी लडाकुका विषयमा बोलेका थिए, उनले यी लडाकुहरु नसुध्रिएको बताएका थिए । जाति र लिङ्गको वास्ता नगरी सबै नागरिकका लागि लोकतन्त्र, अधिकार र स्वतन्त्रता दिलाउन आवश्यक छ भन्ने विषयमा आफु र आफ्ना लडाकु सचेत रहेको उनले बताएका थिए । 

तालिबान के चाहन्छ ?
अफगानिस्तान इस्लामिक इमिरेट्स सबै अफगानीहरुको घर रहेको विचार तालिबानले अघि सारिसकेको छ । तर, पन्जशिर उपत्यकाबाट सुनिएको विरोधको आवाज एकताको यो खास छविका लागि झट्का हुनसक्छ । सामाजिक सञ्जालमा तालिबानको विरोधलाई समर्थन गर्नेहरुले पनि अभियान चलाइसकेका छन् । 

तालिबान र एनआरएफबीच वार्ता पनि भइरहेको छ । तर, दुबै पक्षले लडाइँ नगर्ने बताइरहे पनि अहिलेसम्म कुनै सम्झौता भएको छैन । जसकारण खुला लडाइँ हुनसक्ने खतरा पनि छ । आफ्नो सयौं लडाकुहरुलाई पन्जशिरको मोर्चामा पठाइएको तालिबानले जनाएको छ । तर, पन्जशीर प्रतिरोधका लागि तयार छ । एएफसी समाचार एजेन्सीका अनुसार पन्जशीरको सीमामा पुग्ने तालिबानी लडाकुलाई मेसिन गन, मोर्टारलगायत हतियारहरुले सजिएका स्थानीय लडाकुले चेकजाँच र निगरानी गर्छन् । दुबै पक्षले आफ्ना विरोधीहरु हताहात भएको दाबी गर्ने गरेका छन् । 

तर, यस्ता भीडन्तमा कतिजना मारिए भनेर सटिन अनुमान लगाउन निकै मुस्किल छ । पन्जशीरका केही इलाकाहरु आफ्नो कब्जामा आएको दाबी तालिबानले गरिरहेको छ । तर, यो दाबीलाई एनआरएफले खण्डन गरेको छ । 
रिपोर्टअनुसार पन्जशीर उपत्यकाको आपूर्ति लाइनलाई काट्ने कोसिस तालिबानले गरिरहेको छ । ताकि, एनआरएफका लडाकुहरु प्रतिरोध छोड्न बाध्य होउन् । 

कस्तो छ पन्जशीर ?

अफगानिस्तानका साना प्रान्तमध्ये पन्जशीर एक हो । यहाँ १ लाख ५० हजारदेखि २ लाख जनसंख्या बस्छ । यस उपत्यकाबीचबाट पन्जशीर नदी बग्छ र  ९ हजार ८ सय फिट अग्ला पर्वतहरूले चारैतर्फबाट उपत्यकालाई घेरेका छन् । जतिबेला अफगानिस्तान शान्त थियो, त्यतिबेला यस इलाकामा आउनेहरु यस रमणीय दृश्य र पहाड हेरेर मन्त्रमुग्ध हुन्थेँ । 

यहाँ बस्ने धेरै समूहमध्ये सबैभन्दा ठूलो समूह ताजिक मुल हो । बाहिरी मानिसहरुसँग बहादुरीसँग लड्ने मामिलामा यस उपत्यकाका मानिसहरुले ठूलो प्रतिष्ठा हासिल गरेका छन् । आफ्ना रत्न र खानका लागि यो उपत्यका इतिहासदेखि प्रख्यात छ । यहाँ, पछिल्ला केही दशक राम्रो लगानी भित्रिएको छ र भौतिक पूर्वाधारको निर्माण पनि राम्रो गरी भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप