मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

काठमाडौंमा माधव नेपाल पक्षीय विद्यार्थी संगठनले जलायो मोदीको पुत्ला (फोटोफिचर)

शुक्रबार, १८ भदौ २०७८, १५ : ५५
शुक्रबार, १८ भदौ २०७८

दार्चुला घटनाको विरोधमा शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहन भएको छ । काठमाडौको प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पस अगाडि भेला भएका माधव नेपाल नेतृत्वको  नेकपा (एकीकृत समाजवादी) पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुले मोदीको पुत्ला जलाएको हो । 

सो क्रममा उनीहरुले भारतविरुद्ध चर्को नाराबाजी समेत गरेका थिए । दार्चुलाका धामी महाकालीमा तुइन तर्ने क्रममा भारतीय एसएसबीले तुइन खुस्काउँदा नदीमा खसेर वेपत्ता भएका थिए । 

सरकारले गठन गरेको छानबिन समितिले समेत भारतीय पक्षको संलग्नता सो घटनामा रहेको ठहर गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप