सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

सल्यानको कपुरकोटमा बस दुर्घटना, १५ जना घाइते

शुक्रबार, १८ भदौ २०७८, १५ : ३६
शुक्रबार, १८ भदौ २०७८

सल्यानमा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। बस सल्यानको कपुरकोट गाउँपालिका –३ मूलपानी भन्ने स्थानमा शुक्रबार दिउँसो दुर्घटना भएको हो। 

दाङबाट रुकुम पश्चिमतर्फ जाँदै गरेको राप्ती यातायात समितिको रा १ ख १७९२ नम्बरको बस सडकको  भित्तामा  ठोक्किएर दुर्घटना भएको  सल्यान प्रहरीले जानकारी दिएको छ। 
घाइतेहरुको अवस्था सामान्य रहेको  जिल्ला प्रहरी कार्यलय सल्यानका डिएसपी गोविन्द थापाले रातोपाटीलाई जानकारी दिए । उद्धारका लागि प्रहरी टोली त्यहाँ पुगिसकेको उनको भनाई छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप