विवाद भएपछि पीपीएलएको भेलामा गएनन् ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी निकट प्रगतिशील पेशागत कानुन व्यवसायी संघ (पीपीएलए)को भेलामा सहभागी नहुने भएका छन् । पीपीएलएको भेलाका सन्दर्भमा विवाद भएपछि ओली सहभागी नभएका हुन् ।
ललितपुरको च्यासलमा शुक्रबार दुई बजे सुरु हुने गरी बोलाइएको भेलामा ओलीलाई प्रमुख अथितिका रुपमा आमन्त्रण गरिएको थियो । तर पीपीएलएका अध्यक्ष रुद्र नेपालले आज राखिएको भेला संस्थागत निर्णयबाट नभएको भन्दै भेलामा सहभागी नहुन आग्रह गरेका थिए ।
पीपीएलएका इन्चार्ज रहेका एमाले स्थायी कमिटी सदस्य रघुजी पन्तले आजको भेला रोक्न आग्रह गरेका थिए । एमाले जेठ २ मा फर्किने निर्णय भएको बेलामा एमालेका दोस्रो तहका तेस्रो धारका नेताहरुले समेत पीपीएलएको आज बोलाइएको भेला स्थगन गर्न माग गर्दै आएका थिए । पार्टीमा भएको १० बुँदे सहमतिको भावना विपरीत पिपिएलको बैठक बोलाइएको उनीहरुको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम–२ : आइतबार बिहानदेखि गौतमबुद्ध सभाहलमा मतगणना गरिने
-
विश्वकपका लागि उत्कृष्ट १५ खेलाडी छान्न कठिन छ : कप्तान पौडेल
-
काठमाडौँको तारकेश्वरमा आँखा शिविर सम्पन्न, मोतियाविन्दु देखिएका ३१ जनाको निःशुल्क शल्यक्रिया गरिने
-
नवीन तण्डुकारसहित ११ खेलाडी अग्रस्थानमा
-
इलाम–२ मा मतपेटिका सङ्कलनको काम जारी
-
आन्दोलनमा ज्यान गुमाएका नेता डाँगीलाई शहीद घोषणा गर्न माग