प्रधानन्यायाधीश विनाको संवैधानिक इजलास रोक्ने अन्तरिम आदेशविरुद्ध भ्याकेट
प्रधानन्यायाधीशलाई बाहेक गरेर संवैधानिक इजलास गठन नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशविरुद्ध कानुन व्यवसायीले भ्याकेट निवेदन हालेका छन् । शुक्रबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा भ्याकेट निवेदन लगेका हुन् । अदालत प्रशासनले दर्ता अघि सो निवेदन अध्ययन गरिने जानकारी दिएको वरिष्ठ अधिवक्ता त्रिपाठीले रातोपाटीलाई बताए ।
विहीबार न्यायाधीश हरि फुयाँलले संवैधानिक परिषदसम्बन्धी अध्यादेश र त्यसका आधारमा गरिएका नियुक्ति विरुद्धको रिटको सुनुवाई प्रधानन्यायाधीश विनाको संवैधानिक इजलासमा नगर्न अन्तरिम आदेश दिएका थिए । वरिष्ठ अधिवक्ता त्रिपाठीले संवैधानिक इजलासलाई रोक्न नमिल्ने दावी गरेका छन् ।
गएको शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा संवैधानिक इजलासको पेशी तोक्ने जिम्मा वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीलाई दिन सहमत भएका थिए । पेशी तोक्ने दिन र संवैधानिक नियुक्ति बिरुद्धको मुद्दा फैसला हुने दिन जबराले आफुलाई रेक्युजल ‘सुनुवाइबाट अलग हुने’ गरी विदामा बस्ने निर्णय गरेर मुद्दा अगाडि बढाउने सहमति भएको थियो ।
त्रिपाठीले ‘रेक्युजल’ न्यायाधीशको स्वविवेकको कुरा भएको बताउँदै ‘सुनुवाइबाट अलग हुने’ विषय न्यायिक पुनरावलोकन हुन नसक्ने जिकिर गरेका छन् । संवैधानिक परिषद्सम्बन्धी अध्यादेशका आधारमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासमेत सहभागी परिषदको बैठकले २०७७ मंसिर र २०७८ वैशाखमा संवैधानिक निकायमा ५० भन्दा बढी पदाधिकारी नियुक्ति सिफारिस गरेको थियो । सो नियुक्ति सिफारिस विरुद्धको रिटमा निवेदकले प्रधानन्यायाधीश जबराले सो मुद्दा हेर्न नमिल्ने भन्दै विदा बस्नुपर्ने सुझाव दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानडा–मोरक्को भिडन्त: पहिलो हाफमै आधा दर्जन पहेँलो कार्डको वर्षा
-
पहिलो हाफमा क्यानडा र मोरक्कोले खोल्न सकेनन् खाता
-
झापामा ७ लाख ६१ हजार मेट्रिकटन खाद्यान्न उत्पादन
-
अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध
-
क्वाटरफाइनल प्रवेशका लागि क्यानडा र मोरक्को आमनेसामने
-
पोर्चुगलको जङ्गलमा डढेलो, नियन्त्रणका लागि सयौँ अग्नि नियन्त्रक सक्रिय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण