मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

कोरोनाका कारण बन्द मनकामना केबलकार आइतबारदेखि सञ्चालन हुने

शुक्रबार, १८ भदौ २०७८, १४ : १५
शुक्रबार, १८ भदौ २०७८

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) दोस्रो लहरका कारण बन्द रहेको मनकामना केबलकार भदौ २० गते आइतबारदेखि पुनः सञ्चालनमा आउने भएको छ ।

स्वास्थ्य सुरक्षाको कडा नियमहरु अपनाउँदै केबलकार सेवा सञ्चालनमा आउन लागेको मनकामना केबुलकार व्यवस्थापनले जनाएको हो ।

संक्रमणलाई ध्यानमा राख्दै कम्पनीले नगद रहित कारोबारको लागि इ–सेवा, फोन–पे आदि जस्ता डिजिटल माध्यमबाटै यात्रुले केबलकारको टिकट खरिद गर्न सक्ने व्यवस्था गरेको छ । 

त्यसैगरी, मनकामना केबलकारले तल्लो स्टेशनमा सञ्चालन गरेको रेष्टुरेन्ट पनि आगामी आइतबारदेखि नै सञ्चालनमा ल्याउने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप