शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

मुक्तिनाथ डिबेन्चर २०८४/८५ नेप्सेमा सूचिकृत

शुक्रबार, १८ भदौ २०७८, १४ : १०
शुक्रबार, १८ भदौ २०७८

काठमाडौं । मुक्तिनाथ विकास बैंकको २०८४/८५ नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भएको छ ।

बैंक र नेपाल स्टक एक्सचेञ्जका बीच ८.७५ प्रतिशत ब्याजदर भएको मुक्तिनाथ डिबेन्चर (ऋणपत्र) २०८४/८५ को क्रम संख्या १ देखि १२ लाख ५० हजारसम्मको अंकित तथा चुक्ता मूल्य १ हजार कायम भएको कुल १२ लाख ५० हजार कित्ता थान ऋणपत्रको सूचिकरण गर्ने सम्झौता भएको हो । 

बैंकले सानिमा क्यापिटलमार्फत उक्त ऋणपत्र सर्वसाधारणको लागि खुल्ला बिक्री आव्हान गरेको थियो । सर्वसाधारणमा वितरण गरिएको १२ लाख ५० हजार थान ऋणपत्र वितरण भई धितोपत्र सूचिकरण विनियमावली २०७५ बमोजिम नेपाल स्टक एक्स्चेञ्जको भदौ १५ गतेको निर्णयानुसार सूचिकरण भएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप