काठमाडौंबाट यार्सागुम्बासहित ४ जना पक्राउ
शुक्रबार, १८ भदौ २०७८, १३ : ११
यार्सागुम्बाको कारोबार अवैध रुपमा गरेको आरोपमा चार जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । सामाखुसीबाट चारजनालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङ्गले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा गोरखा चुमनुब्री गाउँपालिका घर भएका डुण्डुप गुरुङ, लमजुङ मर्स्याङ्दीका बेलबहादुर थापा, लमजुङ वेशिसहर घर भएका कृष्ण परियार र प्यूठान घर भएका दानबहादुर जिसी छन् ।
प्रहरीले सामाखुसीस्थित डुण्डुप गुरुङको डेरामा अवैध रुपमा लुकाएर राखेको अवस्थामा १ केजी ८५० ग्राम यार्सागुम्बा बरामद गरेको छ । सो यार्सागुम्बाको बजार मुल्य करिब ८ लाख पर्छ । यार्सागुम्बा कारोबारीलाई थप अनुसन्धान र कारवाहीलाई लागी डिभिजन बन कार्यालय काठमाडौंमा बुझाइएको एसएसपी खापुङ्गले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रशिक्षकलाई रातो कार्ड, गोलरक्षकको अनुहारमा विपक्षीको बुट र पीएसजीको जित !
-
मेलम्चीको पानी वितरणका लागि बिच्छाइएका पाइपलाइनको काम छिटो सम्पन्न गर्न निर्देशन
-
रवि हिरासतमा सुतिरहेको भाइरल तस्बिर रास्वपा समर्थकले नै खिचेको खुलासा
-
चार बजे मन्त्रिपरिषद् बैठक
-
‘घुम्न जाऊँ बर्दिया’अभियान उद्घाटन
-
रियल म्याड्रिडले चुम्यो फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि