बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

सीमा नाकामै कोरोना विरुद्धको खोप

शुक्रबार, १८ भदौ २०७८, १२ : ४९
शुक्रबार, १८ भदौ २०७८

पश्चिमी सीमा नाका गड्डाचौकी भएर भारतबाट आउने नेपालीलाई कोरोना विरुद्धको खोप लगाउन थालिएको छ । सीमा नाकामै रहेको हेल्थ डेस्कमा १८ वर्ष माथिका नेपालीलाई अस्ट्राजेनिका खोप लगाउन थालिएको स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले बताए ।

“एक साता अघिदेखि खोप लगाउने कार्य शुरु गरेका हौँ” उनले भने, “हालसम्म भारतबाट फर्कने ३०० भन्दा बढीलाई खोपको पहिलो मात्रा दिइएको छ ।” सीमा नाकामा पहिलो खोप लाउनेले दोश्रो मात्रा सम्बन्धित जिल्लामै लागाउनुपर्ने भएको छ ।  दैनिक सीमा नाका भएर आउने ५० भन्दा बढी आउने  गरेका छन्  ।

खोपको सामान्य ‘साइड इफेक्ट’ रहेपनि हालसम्म यहाँ खोप लगाएकाहरुमा कुनै जटिल समस्या  देखिएको छैन । सीमा नाकामा आइपुग्नेलाई खोप लगाए नलागाएको निर्क्यौल गरेपछि मात्रै लगाइने र जटिल अबस्थाका र  दीर्घरोगीलाई भने खोप नलगाइने यहाँ कार्यरत स्वास्थ्यकर्मीको भनाइ थियो । कार्यालयका अनुसार हालसम्म जिल्लामा एक लाख सात हजार १६३ ले  खोपको पहिलो मात्रा लगाइसकेका छन् भने ६४ हजार ७९५ ले दोस्रो मात्रा पनि लगाइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप