मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

जापानका प्रधानमन्त्रीले गरे राजीनामाको संकेत, पार्टीको चुनाव नलड्ने

शुक्रबार, १८ भदौ २०७८, १२ : ३१
शुक्रबार, १८ भदौ २०७८

जापानका प्रधानमन्त्री योशिहिदे सुगाले फेरि पार्टी अध्यक्षका लागि प्रतिस्पर्धा नगर्ने बताएका छन् । उनले यसै महिना प्रधानमन्त्रीको कुर्सी छाड्ने संकेत गरे । एक वर्षअघि सिञ्जो अबेले राजीनामा दिएपछि सुगा प्रधानमन्त्री बनेका थिए । आफ्नो लोकप्रियतामा ठूलो कमी आएपछि सुगाले यस्तो घोषणा गरेका हुन् । 

जापानमा अहिले कोभिडका कारण आपतकालिन अवस्था छ । कोभिडको लहर थामिएजस्तो देखिन्न । जापानमा अहिले १५ लाखभन्दा धेरै मानिस कोरोनाबाट संक्रमित भइसकेका छन् र खोप लगाउने क्रम पनि सुस्त छ ।  महामारीका बाबजुद ओलम्पिक खेल आयोजना गर्ने निर्णयका कारण पनि सुगाको लोकप्रियता घटेको थियो । लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) को बैठकमा बोल्दै सुगाले पार्टी नेतृत्वका लागि चुनाव नलड्ने घोषणा गरेका हुन् । पार्टीका महासचिवले समाचार एजेन्सी एएफपीलाई यसबारे जानकारी दिएका छन् । सुगाले आफु कोरोना भाइरस महामारीको नियन्त्रणमा केन्द्रीत रहेको बताएका थिए । 

सत्तारुढ एलडिपीले २९ सेप्टेम्बरमा पार्टीको प्रमुखका लागि चुनाव गर्दैछ । जो, पार्टी प्रमुख बन्छ, उसैले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने सम्भावना धेरै रहन्छ, संसद्मा एलडिपीको बहुमत छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप