जापानका प्रधानमन्त्रीले गरे राजीनामाको संकेत, पार्टीको चुनाव नलड्ने
जापानका प्रधानमन्त्री योशिहिदे सुगाले फेरि पार्टी अध्यक्षका लागि प्रतिस्पर्धा नगर्ने बताएका छन् । उनले यसै महिना प्रधानमन्त्रीको कुर्सी छाड्ने संकेत गरे । एक वर्षअघि सिञ्जो अबेले राजीनामा दिएपछि सुगा प्रधानमन्त्री बनेका थिए । आफ्नो लोकप्रियतामा ठूलो कमी आएपछि सुगाले यस्तो घोषणा गरेका हुन् ।
जापानमा अहिले कोभिडका कारण आपतकालिन अवस्था छ । कोभिडको लहर थामिएजस्तो देखिन्न । जापानमा अहिले १५ लाखभन्दा धेरै मानिस कोरोनाबाट संक्रमित भइसकेका छन् र खोप लगाउने क्रम पनि सुस्त छ । महामारीका बाबजुद ओलम्पिक खेल आयोजना गर्ने निर्णयका कारण पनि सुगाको लोकप्रियता घटेको थियो । लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) को बैठकमा बोल्दै सुगाले पार्टी नेतृत्वका लागि चुनाव नलड्ने घोषणा गरेका हुन् । पार्टीका महासचिवले समाचार एजेन्सी एएफपीलाई यसबारे जानकारी दिएका छन् । सुगाले आफु कोरोना भाइरस महामारीको नियन्त्रणमा केन्द्रीत रहेको बताएका थिए ।
सत्तारुढ एलडिपीले २९ सेप्टेम्बरमा पार्टीको प्रमुखका लागि चुनाव गर्दैछ । जो, पार्टी प्रमुख बन्छ, उसैले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने सम्भावना धेरै रहन्छ, संसद्मा एलडिपीको बहुमत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरि अनिश्चित बन्यो सुनिता र बुच पृथ्वीमा फर्किने मिति
-
आगलागीमा परी १० लाख बढीको क्षति
-
महिला यु–१९ एसिया कप : वर्षाले खेल अवरुद्ध
-
गाजामा युद्धविराम हुनेमा अमेरिकी विदेशमन्त्री ब्लिन्केन ‘आशावादी’
-
युक्रेनी युद्धमा कम्तीमा सय जना उत्तर कोरियाली सेनाको मृत्यु
-
आइएमएफबाट कर्जा लिन बिट्क्वाइनमा नीतिमा कटौती गर्दै एल सल्भाडोर