बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कर्णालीका ३१८ वडामा  काँग्रेस अधिवेशन सुरु

शुक्रबार, १८ भदौ २०७८, १२ : २१
शुक्रबार, १८ भदौ २०७८

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनका लागि शुक्रबार (आज) देखि वडा तहको अधिवेशन सुरु हुँदैछ । १० वटा जिल्ला रहेको कर्णालीका ८ जिल्लाका  वडा तहमा अधिवेशन सुरु हुने भएको छ।  सुर्खेत र डोल्पामा सदस्यता विवादका कारण अधिवेशन अनिश्चित बनेको काँग्रेस स्रोतको भनाई छ । 

केन्द्रीय कार्यतालिका अनुसार यही भदौ २३ गतेसम्म वडा अधिवेशन गरिसक्नुपर्ने कार्यतालिका छ । कार्यतालिका अनुसार  कर्णालीका दैलेख, जाजरकोट, मुगु, जुम्ला, हुम्लामा अहिले ११ बजेदेखि वडा अधिवेशन सुरु भएको छ ।  यी जिल्लाका तीन सय १८ वटा वडाको अधिवेशन आज नै सम्पन्न हुनेछ । सल्यानमा २१ गते, कालिकोटमा २२ र रुकुम पश्चिममा २३ गते वडा अधिवेशन गरिने छ ।

सल्यानमा ८३, कालिकोटमा ८६ र रुकुमपश्चिममा ७३ वटा वडातह रहेका छन् । कालिकोटमा निर्वाचन अधिकृत पुग्न ढिलाई भएकाले २२ गते सार्ने निर्णय गरिएको कालिकोटका युवा नेता दमन शाहीले जानकारी गराए । 
यस्तै  सुर्खेतका ९९ वडामा पनि २२ गते अधिवेशन गरिने सुर्खेत जिल्ला सभापति कमलराज रेग्मीले जानकारी दिए । 

काँग्रेस नेता जीवनबहादुर शाहीले कर्णालीका अधिकांश ठाउँमा आजदेखि वडा तहको अधिवेशन सुरु भएको  जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप