लुम्बिनी प्रदेशका मन्त्रीहरुलाई थप जिम्मेवारी दिइयो
शुक्रबार, १८ भदौ २०७८, १२ : ०२
लुम्बिनी प्रदेशका मन्त्रीहरुको थप जिम्मेवारी दिइएको छ । मुख्यमन्त्री कुल प्रसाद केसीको सिफारिसमा मन्त्रिपरिषद् हेरफेर र कार्य विभाजन भएको हो ।
जसअनुसार प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा ९ अनुसार यसअघि विना विभागीय मन्त्री बनेका अजय बहादुर शाहीलाई मन्त्री उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनाइएको छ । यस्तै सरकार प्रवक्ता समेत रहेको आर्थिक मामिला मन्त्री कृष्ण ध्वज खड्कालाई सहकारी मन्त्रालयको समेत थप जिम्मेवारी दिइएको छ ।
यस्तै शहरी विकास मन्त्री डिल्ली बहादुर चौधरीलाई पर्यटन, ग्रामीण मन्त्रालयको जिम्मेवारी समेत थपिएको छ । शाहीले नवलपरासीबाट सूर्य चिन्ह लिएर निर्वाचन लडेपनि हाल स्वतन्त्र सांसदका रुपमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण