शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मेस्सी र रोनाल्डोले अझै केही कीर्तिमान बनाउन सक्छन्

शुक्रबार, १८ भदौ २०७८, ११ : ४६
शुक्रबार, १८ भदौ २०७८

मेस्सीले आफु हुर्किएको क्लब बार्सिलोना भर्खरै छाडेका छन् । ठिक, यही समय आफुलाई विश्वको स्टारका रुपमा स्थापित गर्ने म्यानचेस्टर युनाइटेडमा रोनाल्डो फर्किएका छन् । यी दुबै खेलाडी ३० वर्ष कटिसकेका छन् । मेस्सी ३४ र रोनाल्डो ३६ वर्षका भए । दुबैले आफुलाई विश्वका उत्कृष्ट खेलाडीको रुपमा उभ्याएका छन् । तर, उनीहरुले अझै केही कीर्तिमान बनाउन भने बाँकी छ । 

मेस्सी र रोनाल्डोले के–के हासिल गरे ?

लिग उपाधि, कप ट्रफी, युरोपेली च्याम्पियन्स लिग, फिफा क्लब विश्वकप र आफ्नो देशका लागि अन्तर्राष्ट्रिय उपाधि समेत यी खेलाडीहरूले जितिसकेका छन् । रोनाल्डोले २०१६ मा पोर्चुगललाई युरोकप जिताएका थिए , मेस्सीले यसै वर्ष अर्जेन्टिनालाई कोपा अमेरिका जिताए । 

उनीहरु दुबैले गोल गर्ने मामिलामा आ–आफ्नो इतिहास लेखाएका छन् । यसैसाता रोनाल्डो सर्वाधिक धेरै अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी बने, उनले पोर्चुगलका लागि १ सय ११ गोल गरे । यता, मेस्सी ला–लिगा इतिहासकै सर्वाधिक गोलकर्ता हुन् । उनले  ४ सय ७४ गोल गरेका छन् । र, बार्सिलोनाका लागि उनले च्याम्पियन्स लिगमा १ सय २० गोल गरेका छन् । 

यता, रोनाल्डो च्याम्पियन्स लिगका सर्वाधिक गोलकर्ता हुन् । उनले म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड र युभेन्टस्का लागि गरेको कुल गोल संख्या १ सय ३४ छ । मेस्सीले एकै सिजन ला–लिगामा सर्वाधिक ५० गोल गर्ने कीर्तिमान आफ्नो नाममा लेखाएका छन् । त्यस्तै, पिक्हिची ट्रफी सर्वाधिक ८ पटक जितेका छन् । 

अझै के हासिल गर्न बाँकी छ ?

दुबैले विश्वकप फुटबलको उपाधि जित्न बाँकी छ । रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलकै सर्वाधिक गोलकर्ता बनिसकेका छन् । तर, दक्षिण अमेरिकी महादेशका लागि सर्वाधिक गोल गर्ने कीर्तिमान बनाउन मेस्सी नजिक छन् । ब्राजिलका पेलेको कीर्तिमान तोड्न अर्जेन्टिनाका मेस्सी केवल २ गोलले पछि छन् । 

यता, च्याम्पियन्स लिगमा सर्वाधिक खेल खेल्ने कीर्तिमान बनाउनका लागि रोनाल्डो केवल दुई खेलले पछि छन् । च्याम्पियन्स लिगमा इकार कासियासले सर्वाधिक १ सय ७७ खेल खेलेका छन् । मेस्सीले केवल १ सय ४९ खेलमात्रै खेलेका छन् । 

मेस्सीले सर्वाधिक ६ पटक बेलोन डि’अर अवार्ड जितेका छन् । रोनाल्डोले ५ पटक यो अवार्ड जितेका छन् । त्यसैगरी रोनाल्डोले पाँच पटक च्याम्पियन्स लिग जितेका छन् । तर, मेस्सीले चारपटकमात्रै यो उपलब्धि हासिल गरेका छन् । 
रोनाल्डोले क्लबस्तरमा ६ सय ७४ गोल गरेका छन् । मेस्सीले ६ सय ७२ गोल गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप