पाल्पामा काँग्रेसको अधिवेशन स्थगित
शुक्रबार, १८ भदौ २०७८, ११ : ४१
नेपाली काँग्रेस पाल्पाको आज हुने भनिएको वडा तहको अधिवेशन स्थगित भएको छ । निर्वाचन अधिकृत आउन ढिलाइ भएको र क्रियाशील सदस्यता छुटेका केही स्थानीय तहले वडा अधिवेशन गर्न नसकिने जनाएपछि स्थगित गरिएको हो ।
नेपाली काँग्रेस पाल्पाका जिल्ला सभापति वीरबहादुर रानाले निर्वाचन अधिकृतको कार्यव्यतस्तता र केही वडाका क्रियाशील सदस्यको नाम छुटेपछि रोकिएको बताए । शनिवार पार्टीको बैठक बसेर अधिवेशनको नयाँ मिति तोकिने उनले बताए ।
पाल्पामा क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेको छ । जिल्लामा ४ हजार ७ सय र नयाँ ४ हजार ४ सय ५८ गरी ९ हजार १ सय ५८ जना क्रियाशील सदस्य रहेको पार्टीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकप्रिय मत ल्याउने पार्टीबाट पाँच वर्षसम्म प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन आवश्यक : शर्मा
-
भूकम्प र मनसुनजन्य विपद् पश्चातको पुनःनिर्माणमा झण्डै एक खर्ब बजेट लाग्ने अनुमान
-
‘माओवादी केन्द्रीय समिति बैठकमा किचिएर मरिएला कि भन्ने डर भयो’
-
पर्यटन विकासका लागि निगमको स्तरोन्नति र स्रोत बजारमा सेवा विस्तार गर्न सुझाव
-
१० बजे १० समाचार : एमाले बैठकमा भीम रावलमाथिको कारबाहीबारे उठ्यो प्रश्न, रविविरुद्ध काठमाडौँमा पनि मुद्दा
-
विपद् प्राधिकरणको राष्ट्रिय परिषद्को बैठक सम्पन्न, सोमबार निर्णय सार्वजनिक गरिँदै