सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

‘गोर्खा वारियर–२’ को छायाँकन बेलायतमा हुने

शुक्रबार, १८ भदौ २०७८, ११ : ३५
शुक्रबार, १८ भदौ २०७८

फिल्म ‘गोर्खा वारियर–२’को बाँकी छायाँकन आगामी–१९ अक्टुबरदेखि सुरु हुने भएको छ । कोभिड–१९ र विभिन्न प्राविधिक कारण आधा छायाँकन पछि फिल्म रोकिएको थियो । फिल्मका निर्देशक मिलन चाम्सले लकडाउन पनि खुलेको र लण्डन तथा भारतदेखि ल्याउनुपर्ने केहि प्राविधिक सामाग्री आगामी २ हप्ताभित्रै नेपाल आइपुग्ने र त्यसपछि छायांकन थाल्ने तयारी गरिएको जानकारी दिए ।

केहि महिनाअघि काठमाडौंमा एक समारोहबीच साहसिक गोर्खा सैनिकप्रति बिगुल फुकेर सम्मान गर्दै चलचित्र गोर्खा वारियर–२ को निर्माण घोषणा गरिएको थियो । गोर्खा सैनिकका नभनिएका हजारौं कथामध्ये एउटा वास्तविक कथालाई फिल्ममा उतार्न लागिएको उनको भनाई छ ।

लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुने फिल्ममा सह निर्माताको रुपमा सुरेश राई र पूर्ण लिम्बू छन् ।  फिल्ममा रेविका गुरुङ, विजय लामा, रियर राई, भुवन सिंह राई, शिशिर बाङ्देल, बुद्धि तामाङ, कविता आले, बिरूप घले, सारा राई, मनोज केसी लगायतका कलाकारको अभिनय देख्न सकिनेछ ।

रितेस चाम्स नवनायकका रूपमा यो फिल्म मार्फत डेब्यु गर्दैछन् । शैलेन्द्र खनाल ‘शरद’ को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन, मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, अर्जुन बीसीको सम्पादन, सुदीप बरालको डीओपी र हिमाल केसीको द्वन्द्व निर्देशन फिल्ममा रहनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप