शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

महाधिवेशनमा होमियो काँग्रेस, देउवा पुगे भक्तपुर

शुक्रबार, १८ भदौ २०७८, १० : ५२
शुक्रबार, १८ भदौ २०७८

 

काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले वडा अधिवेशनको शुभारम्भ गर्दै छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा ५ को सिर्जना नगरमा वडा अधिवेशन शुभारम्भ गर्न लागेका हुन् । 

विहान पौने ११ बजे वडा अधिवेशन शुभारम्भ गर्ने कार्यक्रम रहेका नेपाली काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले रातोपाटीलाई जानकारी दिए ।

त्यसपछि देउवाले मध्यपुर ठिमी नगरपालिकाको वडा अधिवेशनमा पनि सहभागी हुने कार्यक्रम छ । काँग्रेसका अन्य शीर्ष नेताहरु पनि विभिन्न वडा अधिवेशनमा सहभागी हुने बुझिएको छ । वडा अधिवेशनका लागि अधिकांश केन्द्रीय नेताहरु जिल्ला गएका छन् । शुक्रबार देशभर काँग्रेसको वडा अधिवेशन सुरु गरेर महाधिवेशन प्रक्रियाको थालनी भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप